साझा नेटवर्क
साझा नेटवर्क, अर्घाखाँची चैत्र १६।
अर्घाखाँची जिल्लामा साहित्यको समग्र विकासको निम्ती पाणिनि साहित्यिक पत्रिका प्रकाशन हुने भएको छ। अग्रज साहित्यिक हस्तीहरुको सम्मान र नवप्रतिभाहरुको हौसला स्वरुप समग्र जिल्लाको साहित्यिक विकासको निम्ती लुम्विनी वाङ्गमय प्रतिष्ठान जिल्ला शाखा अर्घाखाँचीले यस्तो पत्रिका प्रकाशन गर्ने भएको हो।
केही दिन पहिले सम्पन्न अधिवेशनबाट निर्वा्चित कार्यसमितिको आज सन्धिखर्कमा सम्पन्न प्रथम बैठकले यस्तो निर्णय गरेको प्रतिष्ठानका जिल्ला अध्यक्ष पिताम्बर बन्जाडेले जानकारी दिनुभएको छ। पाणिनि साहित्यिक प्रतिष्ठान अर्घाखाँचीको मातहतमा प्रकाशन हुंदै आएपनि केही बर्षदेखी प्रकाशन रोकिएकोले अबदेखी लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीले साहित्यिक पत्रिकालाई निरन्तरता दिने भएको हो।
जसको निम्ती प्रतिष्ठानका जिल्ला सचिव जे.वी.दर्लामीको संयोजकत्वमा चोप नारायण बन्जाडे र सिता श्रेष्ठ सदस्य रहेको तिन सदस्यिय सम्पादन समितिको गठन समेत भएको छ ।
अध्यक्ष बन्जाडेको अध्यक्षता,केन्द्रिय सदस्य हिम लेकाली,सल्लाहकार माधव चुंदाली,हरी प्रसाद भुसाल,भेष बहादुर के.सी.को बिशेष उपस्थिति र सचिव दर्लामीको संचालनमा सम्पन्न बैठकले प्रत्येक महिनाको पहिलो शुक्रवार साहित्यिक चौतारी संचालन गर्ने,साहित्यमा पाठकको विकास गर्न रिडर्स क्लवको गठन गर्ने र अर्को बैठकबाट एक बर्षे बार्षिक कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय भएको प्रतिष्ठान जिल्ला सदस्य गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend