logo
  • शनिबार, असोज १० २०८३

नयाँ शक्ति पार्टी नेपाल मालारानी ८ को भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, अर्घाखाँची चैत्र १६ ।
नयाँ शक्ति पार्टी नेपाल अर्घाखाँचीले ५ महिना ५ काम ५ परिणामको अभियानलाई तिब्रता दिएको छ। यसै अनुसार पार्टीले सुक्रबार मालारानी गाउँपालीका अन्तरगत वडानम्बर ८ हंसपुरको भेला सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय संरक्षक परिषद सदस्य राजु नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला संयोजक गोकर्ण थापा लगायतको आतिथ्यता रहेको थियो। संन्जय परीयारको अध्यक्षता,बिष्णु अधिकारीको स्वागत मनतब्य र महेन्द्र सुनारको सन्चालनमा सम्पन भेलाले संजय परीयारको संयोजकत्वमा १५ सदस्यीय नयाँशक्ति पार्टी मालारानी ८ को वडा समितिको गठन गरेको हो । त्यस्तै भेलाले बिष्णु प्रसाद अधिकारीको संयोजकत्वमा ११ सदस्यीय युबाशक्ति नेपाल र रीता बिकको संयोजकत्वमा महिला शक्ति नेपाल वडा समिति निर्माण गरेको छ ।

भेलाले चैत्र महिना भरमा पार्टी सदस्यता नबिकरण र नयाँ सदस्यता बितरण गर्ने, ५ महिना ५ काम र ५ परीणाम अभियानलाई केन्द्रीय कार्यक्रम अनुसार सन्चालन गर्ने लगायतका निर्णय गरेका पार्टीका जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend