logo
  • शनिबार, भाद्र २० २०८३

जापानबाट आफ्नो जन्मभुमिलाई एम्बुलेन्स हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

मुक्ती सुबेदी,टोकियो चैत्र १५ ।
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका २ का दम्पतीले गाँउपालिकालाई एम्वुलेन्स उपहार प्रदान गर्नुभएको छ । २४ बर्षदेखि जापानमा बस्दै आउनुभएका सुकबहादुर केसी र हिरा केसीले गाँउपालिकालाई एम्वुलेन्स उपहार प्रदान गर्नुभएको हो ।


दम्पती केसीले एक समारोह विच गाँउपालिका प्रमुख दिर्घनारायण अर्याललाई साँचो हस्तान्तरण गर्नुभएको छ । एम्वुलेन्स नहुँदा ग्रामिण क्षेत्रका बासिन्दालाई आकास्मीक सेवाको उपचारमा कठिनाई भएको महशुष गरि एम्वुलेन्स प्रदान गरेको सुकबहादुर केसीले बताउनुभयो ।
दम्पतीले गाँउपालिकालाई एम्वुलेन्स प्रदान गरेर ठुलो सहयोग गरेको गाँउपालिका प्रमुख दिर्घनारायण अर्यालले बताउनुभयो । यो अब गाँउपालिकाको सम्पति हुने छ गाँउपालिका प्रमुख अर्यालले भन्नुभयो,“यसको सदुपयोग सँगै गाँउपालिका वासीलाई २४ सै घण्टा सेवा दिने छ ।” गाँउपालिकाले नै एम्वुलेन्स सेवा प्रदान गर्नुपर्नेमा केसी दम्पतीले गरेको यो सहयोग गाँउपालिका वासीका लागि ठुलो श्रेय रहेको अर्यालको भनाई छ । स्याङ्जा समाज जापानका सल्लाहकार समेत रहेका सुक बहादुर केसीले प्रत्यक पटक नेपाल आउँदा सामाजीक कामहरु गर्दै जापान फर्कने गरेका छन्।

करिव १२ लाख बराबरको एम्वुलेन्स केसी दम्पतीले गाँउपालिकालाई हस्तान्तरण गर्नुभएको हो । यसले गाँउपालिकाका ६ ओटै वडाबासीलाई सेवा दिने र एम्वुलेन्स गाँउपालिकाले नै संचालन गर्ने गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का अध्यक्ष खेमनारायण खनालले बताउनुभयो । एम्वुलेन्स हस्तान्तरण समारोहको संचालन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend