logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा गर्भवति र सुत्केरीलाई एम्बुलेन्स सेवा निशुल्क गरिदै


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी चैत्र १४ ।
गुल्मीका स्थानीय तहहरुले अव एम्बुलेन्स सेवा निशुल्क गर्ने भएका छन् । जिल्लाका सवै स्थानीय तहका उपप्रमुख,स्वास्थ्य संयोजक, स्वास्थ्यकर्मी एवं सरोकारवालाको बैठले त्यस्तो निर्णय गरेका हुन् । एकिकृत ग्रामिण विकास समाज गुल्मी अन्तरगत सुआहाराले दुई दिने स्वास्थ्य र पोषण सम्बन्धि गोष्ठिको आयोजना गरेको थियो ।

गोष्ठिमा १३ बुँदे प्रतिवद्धता जारी गर्दै सकिएको छ । सो प्रतिवद्धतामा सुत्केरी र गर्भवति महिलाहरुको प्रसुतीको लागि नजिकको बर्थिङ्ग सेन्टरसम्म पुग्न र फर्किनको लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले बताए ।

स्वयसेविकाको सेवालाई प्रभावकारी बनाउने,गर्भवति र सुत्केरी महिलाहरुलाई उपहार कार्यक्रम संचालन गर्ने, स्वास्थ्य सेवालाई घरघरमा पुराउने, उत्तर प्रसुती जाँचलाई स्वास्थ्यकर्मी घरमै गएर गर्ने व्यावस्था मिलाउने निर्णय भएको बिश्वकर्माले बताए ।

गर्भवति महिलाहरुलाई क्यालसियम प्रदान गर्ने, सुआहाराबाट प्रर्वद्धित मेरो बाबालाई चिठ्ठी छपाई गरि गर्भवतिका श्रीमान र घर परिवारलाई वितरण गर्ने, पोषणका लागि करेसाबारी कार्यक्रम संचालन गर्ने, स्वास्थ आमा समुहहरुलाई पुर्नजागरण गर्ने, गुणस्तरिय स्वास्थ्य तथा पोषणका लागि आफ्नै पहल र समुदाय स्वास्थ्य प्राप्तांक बोर्ड जस्ता कार्यक्रमलाई प्रर्वद्धन गर्ने एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले बताए ।

कार्यक्रममा जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले गोष्ठिमा गरिएका प्रतिवद्धता सवैले कार्यान्वयन गर्न आग्रह गरे । उनले प्रतिबद्धता गरिएका १३ बुद्धा हरेक स्थानीय तहले कार्यन्वयनमा लगे मात्रै पनि जिल्लाको स्वास्थ्य अवस्था धेरै माथी पुग्ने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष हिरा एसीले जिल्लाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन हरेक स्थानीय तहसंग आफ्नो संस्था र सुआहारा परियोजना लागि पर्ने बताए ।

सहभागीको तर्फबाट रेसुङ्गा नगरपालिका उपमेयर सिता भण्डारी, इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्री, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद पन्थी लगायतले दुई दिने गोष्ठि अत्यन्तै उपलब्धि मुलक रहेकाले कार्यान्वयनमा लैजान आफुहरु प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend