logo
  • शनिबार, साउन ३० २०८३

बिभिन्न १३ बुँदे प्रतिबद्धताहरु गर्दै सकियो गोष्ठी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलाचन पाण्डे गुल्मी,चैत १४
गुल्मीमा १३ बँुदे निर्णय गर्दै २ दिने गोष्ठी तम्घासमा सम्पन्न भएको छ । सु आहारा गुल्मीले गुल्मी जिल्लाका स्थानीय तहका सरोकारवालाहरुसंग स्वास्थ्य तथा पोषण संबन्धी २ दिने ब्यबस्थापकीय कार्यशाला गोष्ठी तम्घासको ईन्द्रेणी पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

सुत्केरी र गर्भवति महिलारुलाई निशुल्क रुपमा स्वास्थ्य संस्थादेखी घरसम्म र घरदेखी स्वास्थ्य संस्थासम्म निशुल्क एम्बुलेन्सको ब्यबस्था,स्वयंमसेबिकाको सेवालाई प्रभाबकारी बनाउने,गर्भवति महिला र सुत्केरी महिलाहरुलाई उपहार कार्यक्रम गर्ने,स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने,उत्तर प्रसुति जाँचलाई घरमै गएर जाच्ने ब्यबस्था गर्ने,गर्भबति महिलाहरुलाई क्यालसियम प्रदान गर्ने,सु आशाराद्धारा मेरो वाबालाई चिठी छपाई गरी गर्भबतिका श्रीमान र घरपरिवार सम्म पुर्याउने,पोषण्का लागि करेसावारी कार्यक्र लागु गर्ने,स्वास्थ्य आमा समुहहरुलाई पुनर जागरण गर्ने,सेनेटरी प्याड निर्माण तथा बितरण,पूर्या स्तनपान सचेतना कार्यक्रम सचेतना गर्ने,स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने,स्वास्थ्य र पोषणका लागि बिशेष बजेटको ब्यबस्था गर्ने प्रतिबद्धताहरु भएका हुन् ।

एकिकृत ग्रामीण बिकास समाज गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहका उपप्रमुखहरु र स्वास्थ्य संयोजकहरुको उपस्थितीमा पालिका स्तरिय स्वास्थ्य अबस्थाको बारेमा जानकारी,स्वास्थ्य अबस्था संबन्धी आगामी कार्ययोजना तय गर्नका लागि गोष्ठीले महत्वप्र्ण भुमिका निर्वाह गरेको संस्थाका अध्यक्ष हीरा एसीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुललीले स्वास्थ्य मानबको सबैभन्दा महत्वपूर्ण भएकाले स्वास्थ्य संबन्धी स्थानीय स्तरमा एउटै धारण बनाउन यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend