साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत्र १३ ।
बलेनीमा पल्टिएका मुली मान्छे । मर्ने बाच्ने ठेगान छैन् । झुप्रे घर । ठुलो पानी परे थेग्दैन् । गुल्मी मुसिकोट वडा नं ४ उपल्लो थजाङ्गका ३१ बर्षीय अम्मर बहादुर सरतुङ्गीको परिवार अहिले पीडामा छटपटिएको छ । अम्मर गाउँकै कुटो कोदालो गर्थे । बुढि बजै, उमेर पाकेका बाआमा ।
परिवार पाल्नकै लागि केहि महिना पहिले उनी भारत पसे । परदेशमै जण्डिसले समात्यो । उनी बिस्तारै थला पर्दै गए । काम गर्ने कम्पनीले काम दिएन् । फर्किएर केहि दिन अघि घर आए । दिनप्रति दिन सुन्निदै गए । पछि पेट अत्यधिक फुल्लियो । अम्मर थलानै परे । उनलाई घरपरिवारले छिमेकी मधुसुधन थापाकोमा ल्याए ।

थापाले गरिव परिवारमा सरतुङ्गीको त्यो बिजोग देखेपनि तत्काल तम्घास पठाए । गुल्मी अस्पतालले मिसन अस्पतालमा रिफर ग¥यो । तीन÷चार दिन अस्पताल भर्ना भएपछि पेटमा पानी भरिएको र पेटमा रगत बगेको पत्तो लाग्यो ।
औषधी लिएर पीडित सरतुङ्गी घरमै आएको मुसिकोट स्वास्थ्यचौकी इन्चार्ज समेत रहेका थापाले बताए । उनले सरतुङ्गीको अवस्था अत्यन्तै डरलाग्दो भएकाले गाउँमा चन्दा संकलन गरेर उपचार गर्न पठाएको जानकारी दिए ।
‘ओत्ने घर छैन छाक टार्न मुस्किल छ, कमाउने मान्छे ढल्यो,’उनले भने,‘अस्पतालको धरौटी तिर्न गाउँमा चन्दा संकलन ग¥यौ ।’ श्रीमति तारा गर्भवति छन् । उनी चैत्र महिनामै सुत्केरी हुँदैछन् ।
त्यसपछि झन अम्मरको स्याहार सुसारमा समस्या पर्ने देखिएको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटालाई पनि त्यो परिवारको बारेमा जानकारी गराएकाले सहयोगको आश्वासन आएको स्थानीय सागर कार्कीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend