साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारका नव निर्वाचित पदाधिकारीहरुले कतार स्थित नेपाली राजदुत प्रोफेसर रमेश कोइरालासँग भेटघाट गरेका छन ।

२६ मार्च २०१९ का दिनमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को टोलीले महामहिम राजदुत कोइरालालाइ वहाकै कार्यकक्षमा भेट गरि मोना कतारको नव निर्वाचित कार्य समितिको बिबरण बुझाउदै सस्था नबिकरण गर्न अनुरोध गरेका थिए ।

साथै मोनाले आगामी अप्रिल २६ तारिख म्याग्दी जिल्लामा १० लाख बराबरको “बहुउदेश्यीय अक्षयकोष स्थापनार्थ” आयोजना गर्न लागेको नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा चौथो विविध साँस्कृतिक कार्यक्रम २०१९ को लागि राजदुतलाई सस्थागत निमन्त्रणा पनि गरेको छ ।

भेटघाटका क्रममा कोराइलाले सस्थाले गर्ने हरेक गतिविधि उत्पादन मुखी हुनुपर्ने र प्रवासबाट गरिने हरेक सहयोग तथा लगानीले प्रतिफल दिनुपर्ने बताउनु भएको थियो । साथै राजदूत कोइरालाले मोना कतारको निर्वाचित टिमलाई शुभकामना समेत दिनुभयो ।
भेटघाट कार्यक्रममा संरक्षक विक्रम कार्की, प्रमुख सल्लाहकार रमेश पौडेल, अध्यक्ष, तिलु शर्मा पौडेल, महासचिव थम कुमार गिरी, कार्यसमिति सदस्य तथा साँस्कृतिक विभाग संयोजक महेन्द्र बोहोराको उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend