logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी १३ चैत ।
गुल्मीमा छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ । गएराति परेको चट्याङ्ग लागेर र दाउरा काट्ने क्रममा छुट्टाछुट्टै स्थान २ जनाको मृत्यु भएको हो । चट्याङ्ग लागेर जिल्लाको मदाने गाउँपालिका ३ अगलुङ्ग निवासी २६ वर्षिय मैते कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

घरमै बसीरहेका कमीलाई नजिकै बाँसको रुखमा परेको चट्याङ्गले लागेर घाइते भएको थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दाउरा काट्ने क्रममा जिल्लाको मदाने गाउँपालिका ४ आरुपानी निवासी १४ वर्षिय रेशम घर्तिको मृत्यु भएको प्रहरी निरिक्षक खड्काले बताए ।

बुधवार दिउसो दाउरा काट्ने क्रममा रुखले च्यापेर घर्तिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको सवलाई पोष्टमार्टको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend