साझा नेटवर्क
साझा नेटवर्क, कतार चैत्र १०।
क्यान्सर पिडित बालक शिरीष भन्डारिलाई मितेरी समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले २५ हजार १ सय २० संस्थागत सहयोग गरेको हो ।

सहयोग गर्नेहरुमा २३ हजार १ सय २० मितेरी समाज कतारले गरेको हो । बाँकी २ हजार मितेरी समाज युएईका पुर्ब सस्थापक सल्लाहकार टिका श्रेष्ठले गर्नु भएको समाजले जनाएको छ ।
आर्थिक समस्याको कारण विद्यालय छोड्न बाध्य भएको बालक युनिक बल (पृन्स)लाई पुन विद्यालय निरन्तरताको लागि हौसला स्वरुप चार हजार छ सय रुपैयाँ व्यक्तिगत आर्थिक सहयोग गरेको मितेरी समाजका संरक्षक प्रेम रिजालले साझा नेटवर्कलाई जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend