साझा नेटवर्क
तिलु शर्मा पौडेल, दोहा ।
कतारमा संस्थागत सहकार्यमा इतिहास रची सकेका साहित्यिक सस्थाहरु अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले सयुक्त रुपमा ९०औँ डबली तथा साहित्यकार रमेश हरिलट्ठक स्मृती सम्मान, कवि दीपक पुडाशैनीको कविता संग्रह “आधा जीवन” र २० गजलकारहरूको संयुक्त गजल सँग्रह “गजल इन्द्रेणी -४” को विमोचन समारोह तथा ५ मुक्तककारहरूको संयुक्त मुक्तक वाचन कार्यक्रम वाचनालयका अध्यक्ष दीप मीलनको सभापतित्व, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको प्रमुख आतिथ्यतामा तथा साहित्यकार निर्मल ढुंगाना, कवि दिपक पुडासैनी लगायतका विभिन्न डबलीका विशिष्ट श्रोताहरुको विशेष उपस्थिति सहित विभिन्न साहित्यकार तथा साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति माझ गत शुक्रबार नज्माको गोर्खा रेस्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ ।
ब्यानर अनावरण, दीप प्रज्वलन, रास्ट्रिय गान , साहित्यकार रमेश हरिलठ्ठकको ३९ जन्म जयन्तीको फोटोमा माल्यर्पण साथै साहित्यकार तथा अनेसासका संस्थापक संयोजक शिखर बैधको स्मृतीमा १ मिनेट मौन धारण साथै श्रद्धा सुमन संगै अघि बढेको कार्यक्रममा दिलिप पराजुलीले स्वागत मन्तब्य राखेका थिए भने रमेश हरिलठ्ठकको जीवनीको बारेमा बोल्दै श्याम राज रानाभाटले सम्मानको घोषणा गरेका थिए ।
घोषणा पश्च्यात “हरिलठ्ठक” स्मृति पुरुस्कार – २०७५ का बिजेता साहित्यकार निर्मल ढुंगानालाइ पुरस्कार सहित दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरिएको थियो । नबोदितका तर्फबाट आजिबन सदस्यता प्रदान गरिएको थियो ।
बिगत एक दशक भन्दा लामो समय देखि कतारलाई कर्म थलो बनाइ रहेका बहु प्रतिभाका धनी दीपक पुडासैनीको कविता संग्रह ‘आधा जीवन’ सहित २० गजलकारका १०० गजलहरुको संग्रह इन्द्रेणी भाग ४ को पनि विमोचन गरिएको थियो ।
विमोचित दुवै पुस्तकलाई साहित्यकार द्धय सिताराम थापा र रुप रसाइलीले समिक्षा गरेका थिए । मुक्तक बिशेष डबली पनि भएको हुदा मुक्तककार अबिनास सापकोटा, सागर भण्डारी, बिन्दा लामा, यादब रेग्मि र स्वतन्त्र नेपालले ५/५ वटा मुक्तक वाचन गरेका थिए ।
उक्त डबलीको समीक्षा बिशिस्ट श्रोता एनआरएनए कतारका अध्यक्ष नबिन पोखरेलले गरेका थिए । कार्यक्रममा आफनो रचना वाचन गर्दै साहित्यकार ढुङ्गानाले कतार सम्मको यात्रा सम्मान र कार्यक्रमलाइ भब्य बनाइदिने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको अन्त्यतिर बोल्दै प्रमुख अतिथि मियाले कहिले साहित्य राजनीतिक कटाक्ष गर्ने जस्तो कहिले माया पिरती लगाउने ठाउ जस्तो लाग्थ्यो तर समय बित्दै जादा साहित्यमा जिबन रहेछ भनेर आफुले बुझेको बताए ।
प्रेम प्रसाद भट्टराईले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मिलनले कार्यक्रमलाइ भब्य बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend