साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी चैत्र १० ।
गुल्मी उद्योग बाणिज्य संघमा प्रजातान्त्रि प्यानलनै बिजयी भएको छ। प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष श्रीप्रसाद भलामीसहित सवै प्यानल बिजयी बनेका छन ।
भलामीले साझा प्यानलका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयलाई एक सय ३७ मत अन्तरले पराजित गरेका छन। भलामीले तीन सय चार र पाण्डेले एक सय ६७ मत प्राप्त गरेका छन्। त्यस्तै लोकतान्त्रिक प्यानलका उपाध्यक्षहरुमा इश्वरी पौडेल, रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ बिजयी भएका छन् । महासचिवमा ताराप्रसाद भुसाल, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा इश्वरी बेलवासे र सहकोषाध्यक्षमा मनिराम अर्याल लगायत १० जना सदस्य नै बिजयी भएको निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।
साझा प्यानलको तर्फबाट उपाध्यक्षहरु रेमलाल पाण्डेय, दुर्गाचन्द्र बोहरा र बिरेन्द्र भुसालले उमेद्धवारी दिएका थिए । महासचिवमा रामप्रसाद पन्थी, सचिवमा फर्सुराम पाण्डेय, कोषाध्यक्षमा रामु सुनार र सह–कोषाध्यक्षमा खड्गप्रसाद श्रेष्ठ तथा बाँकी १० सदस्य उमेदवार थिए। नयाँ नेतृत्वको लागि शनिवार भएको निर्वाचनमा ९१.१९ प्रतिशत मत खसेको थियो। कुल पाँच सय ६८ मतदाता रहेकोमा पाँच सय १८ मत खसेको कार्यालय प्रमुख तोमलाल पन्थीले बताए। साँझ साढे ७ बजेबाट मतगणना भएको थियो ।
को हुन श्रीप्रसाद भलामी ?
नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद भलामी २०५५ सालमा गुल्मी उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । उनी ०६० सालमा संघको आमन्त्रित समदस्यहुँदै ०६६ सालमा कार्यसमितिमा प्रवेश गरे । विस ०६९ सालमा कार्यसमितिको उपाध्यक्ष र ०७२ सालको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष भएका थिए । विस २०२३ साल पुस २ गते जन्मिएका भलामी विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल छन् । उनी नेपाल मगर संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष रहेका छन । भने भलामी नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधी समेत हुन् । उनी रेसुङ्गा बहुमुखी क्याम्पस र रेसुङ्गा एफएमको संचालक समितिमा समेत सक्रिय रहेका छन् ।
भलामीका भावी योजना
भलामीले सवै बिचारका व्यावसायीलाई मिलाएर अगाडी बढ्ने पहिलो चुनौति रहेको बताए । उनले लोकतान्त्रिक प्रक्रिया कारण केहि साथी अहिलेलाई बाहिर देखिए पनि कुनै न कुनै भुमिकामा सवैलाई समावेश गरेर समावेशी बनाउने प्रतिवद्धता जनाए । साथै भलामीले तम्घासमा ट्राफिक र हाट बजार व्यावस्थापन आफ्नो पहिलो काम हुने बताए । त्यस्तै उनले रेसुङ्गामा निर्माण भइरहेको सिडिलाई पुर्णता दिने बताए । साथै रेसुङ्गा नगरपालिका बाहिरका स्थानीय तह र व्यावसायीहरुको समन्वयमा तम्घास पेरिफेरीमा होमस्टे र सुविधा सम्पन्न होटल संचालनको योजना आफुले बनाएको भलामीले बताए । साथै उनले व्यावसायीक प्रर्वद्धनका लागि तम्घासका व्यावसायीहरुसंग छलफल गरेर अगाडी बढ्ने बताए ।
महोत्सवमा समन्वय गर्छौ
आगामी चैत्र २० देखि ३० गतेसम्म संचालन हुने महोत्सवमा आफुहरुले पनि समन्वय गर्ने अभ्यक्ष भलामीले बताए । चेम्बर अफ कर्मश गुल्मीले महोत्सव गर्ने भएपछि खासगरि व्यावसायीहरुमा मतभेद देखिएको थियो । तर उनले गुल्मी उद्योग बाणिज्य संघले जस्तै महोत्सवबाट बचेको रकम सामाजिक काममा लगानी गर्न आयोजक तयार भए आफुहरु मिलेर अगाडी बढ्ने भलामीले बताए । उनले यो महोत्सवमा आफुहरु कुनै भुमिकामा नभएपनि जिल्लाको विकास र प्रर्वद्धनमा असहयोग गर्ने कुरै नहुने बताएका छन् ।
नयाँ नेतृत्वलाई पाण्डेयको शुभकामना
निर्वाचितमा पराजित साझा प्यानलका अध्यक्ष दुर्गा प्रसाद पाण्डेयले भलामी नेतृत्वलाई व्यावसायीको हितमा काम गर्न शुभकामना व्यक्त गरे । उनले लोकतान्त्रिक पद्धति आफुहरुलाई स्विकार्य भएकाले सवैलाई शुभकामना तथा बधाई दिदै नेतृत्व आगामी दिनहरुमा जिल्लाका विकास र समृद्धिको पक्षमा अझ रचनात्मक तरिकाले अगाडी बढ्नुपर्नेमा पाण्डेयले जोड दिए ।
उनले अहिलेसम्मको सहमति र सहकार्यलाई अहिलेको नेतृत्वले सुनियोजित निर्वाचनसम्म पुराएकोमा दुख व्यक्त गरे । साथै आफु र आफ्नो प्यानलका उमेद्वारलाई मतदान गर्ने व्यावसायीलाई धन्यवाद व्यक्त गर्दै सधै आफु व्यावसायीकै पक्षमा रहेर काम गर्ने पाण्डेले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend