साझा नेटवर्क
साझा नेटवर्क, टोकियो चैत्र १० । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् जापानले मे ५ तारिखका दिन मनाइने बाल दिवसको अवसर पारेर बाल वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने बताएको छ । मे १२ तारिखका दिन हुने उक्त बाल वक्तृत्वकला जापानमै पहिलो पटक आयोजना गर्न लागिएको हो ।
टोकियोमा आयोजना गर्न लागिएको बाल वक्तृत्वकलाको आयोजना लाई व्यवस्थित गर्न सृजना पाण्डेलाई संयोजकको जिम्मेवारी तोकिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो । वक्तृत्वकलाको लागि टोकियो तथा क्षेत्रिय समिति मार्फत पनि सहभागि गराईने आयोजकले जनाएको छ। टोकियो तथा क्षेत्रिय स्तरबाट प्रतिनिधत्व हुनको लागि अप्रिल २५ तारिख भित्रमा नाम दर्ता गराइसक्नुपर्नेछ । आडिसन र ट्रेनिङ राउन्ड – अप्रिल २७ तारिख १३:३० बजे बाट 東京都杉並区阿佐谷南3-2-19 आसागया स्थित हलमा हुनेछ,भने फाईनल स्पीच प्रतियोगिता मे १२ तारिक दिवा १३:०० बाट १७:०० बजे सम्म मेगुरो कुमिन सेन्टरमा हुने छ । क्षेत्रिय समितिहरुले पनि अप्रिल २७ तारिक भित्र छनौट गरि प्रत्येक क्षेत्रबाट १-१ जना सहभागि फाईनल स्पीच प्रतियोगिता को लागि पठाईसक्नु पर्ने छ । टोकियोबाट २७ तारिख छनौट भएका १५ प्रतियोगी र क्षेत्रबाट छनौट भएकाहरुले मात्र मे १२ तारिखको अन्तिम छनौट प्रकृयामा सहभागि हुन पाउने छन् । फाईनलमा छनौट हुने पहिलो हुने प्रतियोगीलाई ७०,०००येन, दोस्रो प्रतियोगीलाई ५०,००० येन र तृतीय हुने प्रतियोगीलाई ३०,००० येन रहनेछ ।
जापानका विभिन्न विद्यालयहरूमा अध्य्यनरत ८ वर्षदेखि १५ वर्ष समूहका स-साना भाइबाहिनीहरुको मनोबल,आत्मविश्वास तथा आफूमा भएका वाक कलालाई प्रस्फूटन गराउने उद्देश्यका साथै जापानी,अङ्ग्रेजी र नेपाली भाषामा हुन गइरहेको पहिलो वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन इच्छुक भाइबहिनीहरुले संलग्न हुन इमेल [email protected] मा फाराम भरि पँठाउनु हुन अनुरोध गर्दै कुनै जानकारी लिनु परेमा तपसिल फोन नम्बरमा सम्पर्क गर्न पनि अध्यक्ष टासि वाङदी लामाले अनुरोध गर्नुभएको छ । 090-9395-1843/090 6012 3739
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend