साझा नेटवर्क
तिलाचन पाण्डे, गुल्मी चैत ९ ।
गुल्मी जिल्लामा एसइई दिनबाट ४१ जना बञ्चित भएका छन् । चैत १० गते आईतबारबाट सुरु हुने एसइई परिक्षामा ४१ जना मध्ये २८ जना छात्रा र १३ जना छात्र रहेको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेका अनुसार ४१ जना छात्र छात्राहरुले नियमित बिधालयमा हाजीर नभएको , बिधालय संचालनमा आएको दिनको ७५ प्रतिशत दिन बिधालयमा हाजीर नभएका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जानकारी दिए ।
घिमिरेका अनुसार गुल्मी जिल्लामा कूल २७ वटा केन्द्रहरु निर्धारण गरिएको भन्दै एसइई परीक्षा शान्त बाताबरणमा संपन्न गर्ने गरी ब्यबस्था मिलाएको दाबी गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend