logo
  • शनिबार, भाद्र २० २०८३

विवेकशिल नेपाली कतारद्वारा वर्तमान अवस्थाको पत्रकार र पत्रकारिता विषयक अन्तर्क्रिया सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा चैत्र ८ । 
विवेकशील नेपाली कतारले वर्तमान अवस्थाको पत्रकार र पत्रकारिता बिषयमा विहिवार साँझ दोहाको नज्मा स्थीत युनिक रेस्टुरेन्टमा एक संवाद मुलक कार्यक्रम चिया चौतारी सम्पन्न गरेको छ ।

विवेकशिल नेपाली कतारले हरेक १५ दिनमा पाक्षिक रुपमा आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रम अन्तरगत दोस्रो शृंखलामा पत्रकार महासंघ कतार का अध्यक्ष करिम बक्स मियाँ सँग अन्तर संवाद कार्यक्रमको आयोजना गरेको हो ।

आफूलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा अगाडि सार्दै आएको विवेकशील नेपालीले पछिल्लो पटक दोहामा आफ्नो सङ्गठन बिस्तारलाई तीब्रता दिएको छ । दोहामा रहेर बिभिन्न पेसा व्यावसाय र रोजगारि गर्दै आईरहेका युवा, बुद्दिजिबि, श्रमिक, व्यावसायि तथा पत्रकारहरु चिया चौतारीमा उपस्थित हुँदै’ वर्तमान अवस्थाको पत्रकार, पत्रकारिताको धर्म’ र पत्रकार महासंघ दोहा पछिल्लो समय के गर्दैछ भन्ने सवालमा महासंघका अध्यक्ष संग सहभागीहरुले जिज्ञासा राखेका थिए  ।

विवेकशील नेपाली कतारले आगामी दिनहरुमा पनि फरक फरक विधामा विभिन्न व्याक्तित्वहरुसंग चिया चौतारी मार्फत सबैलाई साक्षात्कार गराउने योजना रहेको संयोजक सुरेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend