साझा नेटवर्क
लक्ष्मि पौडेल, जापान ।
रंगहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीलाई एनआरएनए महिला फोरम जापानले एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गर्दै मनाएको छ ।

राजधानी टोकियोको ओकुबो स्थित तोयामा पार्कमा भेला भएर फोरममा आवद्ध महिलाहरुले होलीको शुभकामना आदान प्रदान गर्दै एक आसपमा विभिन्न रगंहरु दलेर रमाईलो गर्दै होली मनाएका हुन् ।
एनआरएनए महिला फोरम जापानकी संयोजक सविता श्रेष्ठले देश विदेशमा रहनुहुने सवैले जस्तो अवस्थामा रहेपनि आफ्नो भाषा, संस्कृति र पर्वहरु भुल्न नसक्ने भन्दै थोरै संख्यामा भएपनि आफुहरुले एकसाथ भेला भएर आत्मियता साटासाट गर्दै शुभकामना आदान प्रदान गरेर फागु पूर्णिमा मनाएको बताउनु भयो ।
होली कार्यक्रमको संयोजन भने निरा उपाध्याय, अन्जु भण्डारी र विष्णु वानियाले गर्नुभएको थियो । परदेशमा रहेरपनि आफ्ना चाडपर्व र मौलिक संस्कृतिलाई जोगाउनको लागिपनि कार्यक्रम आयोजना गरिएको उहाँहरुको भनाई छ ।
तीन दशकदेखीको जापानको वसाई र नेपाली तथा जापानी संस्कृतीबारे जानकार राख्नुहुने ईन्दिरा सुजुकीले नेपाली दिदीबहिनीहरु एकसाथ जम्मा भएर होलीपर्व मनाउन पाउनु खुशीको कुरा भएको बताउनुभयो ।
परदेशमा पनि नेपालीहरुको एकता र मेलमिलापको सन्देश यस्ता चाडपर्वले दिने उहाँको भनाई छ । फागू पूर्णिमामा सबै दिदिबहिनी मिलेर होली खेलेर रमाउन पाउनु खुशीको कुरा भएको सहभागी ग्रिस्मा पौडेल बताउनुहुन्छ ।
होली कार्यक्रममा एनआरएनए जापान महिला फोरम सम्वद्ध महिलाहरु, विभिन्न क्षेत्रमा सक्रिय महिला, विद्यार्थी, स्वतन्त्र रुपमा सहभागीहरु सहित करिव ५० जनाको सहभागीता रहेको थियो । सहभागीहरुले एकआपसमा रगं दलेर, शुभकामना आदान प्रदान गर्दै नाचगान सहित नेपालि खाना खाएर रमाईलो गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend