logo
  • सोमबार, असोज १२ २०८३

मागहरुलाइ बेवास्था गरेको भन्दै ज्ञापनपत्र , माग पुरा नगरे काम ठप्प पार्ने चेतावनी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल ।

गुल्मी समाचारदाता, चैत ४।
स्थानीय तहमा खटिदै आएका राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्र्तगतको पुननिर्माणमा कार्यरत प्राबिधिकहरुका मागहरुलाई बेवास्था गरिएको भन्दै गुल्मी जिल्लाका १२ वटा स्थानीय तहहरुमा खटिएका प्राबिधिकहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन् ।

                                   ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल ।

उनीहरुले राष्ट्रिय पुन निर्माण प्राधिकरण : प्राबिधिक राष्ट्रिय हकहित संरक्षण समितिले पेश गरेको ५ बुदे मागहरुलाई बेवास्था गरेको भन्दै तत्काल मागहरु संबोधन गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएका हुन ।

उनीहरुलेगाएागाउँमा जाँदा सुरक्षाको ब्यबस्था गर्नुपर्ने , बिगतका बर्षहरुमा दिदै आएको यातायात , महंगी , भौगोलीकताको आधारमा प्रोत्साहन भता , परिचयपत्रको ब्यबस्था , दुर्घटना बीमा स्थायीत्व र निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले स्थानीय तहका कामहरु ठप्प पार्ने, कार्यलयहरुमा तालाबन्दी गर्ने र ३२ वटै जिल्लाका कर्मचारीहरु कठमाण्डौमा भेला भई केन्द्रीय कार्यलय घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

ज्ञापन पत्र बुझदै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले ज्ञापनपत्रलाई जस्ताको तस्तै अबिलम्ब संबन्धित निकायमा पठाउने जानकारी दिनुभयो । यदि मागहरु सम्बोधन नभए गुल्मी जिल्लामा यहि चैत्र १० र ११ गते गुनासो ब्यबस्थापन संबन्धी तालिम पनि बहिष्कार गर्ने सब ईन्जिनियर क्षीतिज न्यौपानेले जानकारी दिनुभयो ।

तस्बिर : तिलाचन पाण्डे गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend