साझा नेटवर्क
गुल्मी, चैत्र ४ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत हिजो (मिति :२०७५÷१२÷३) घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द«कोट गाउँपालिका ८ मजुवामा रहेको मालपोत कार्यलयको परिसरमा गुनासो डेस्क राखी उक्त कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन कार्य सम्पन्न गरिएको थियो ।
उक्त मालपोत कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरु नभएको, नागरिक सहायता तथा सोधपुछ कक्ष प्रभावकारी नभएको, कर्मचारीहरुले निर्धारित पोशाक तथा परिचयपत्र नलगाएको, लेखापढि व्यवसायहरु सिमित भएको लगायतका गुनासोहरु आएका थिए ।
उक्त गुनासोहरुका बारेमा सम्वन्धित कार्यालयका निमित्त कार्यालय प्रमुख डिल्लीराज ज्ञवालीसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिएको थियो ।
सोही दिन सुशासन अभियान गुल्मीको टोलीले कफि विकास केन्द्र आपचौर र मुसिकोट नगरपालिका कार्यालय वामीटक्सार पुगी सम्बन्धीत कार्यालयहरुबाट प्रवाह हुने सेवाहरुको सम्बन्धमा जानकारी लिएको थियो भने सम्बन्धीत निकायहरु संग भ्रष्टाचार, अनियमितता, सेवा प्रवाहमा ढिलासुस्ती हुन नदिई सेवालाई प्रभावकारी र जवाफदेही बनाउने सम्बन्धमा छलफल गरेको थियो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, उपाध्यक्ष ढुण्डीराज मरासिनी,सचिव विनोद पाण्डेय, उप–प्राध्यापक राम प्रसाद खनाल र कार्यक्रम अधिकृत अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend