साझा नेटवर्क
अर्जुन पौडेल, दोहा ।
“स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित स्याङ्गजा सहयोग समाज कतारले आफ्नो बार्षिक उत्सव भव्य रुपमा मनाएको छ।
स्याङ्गजा जिल्लाबाट रोजगारीका शिलसिलामा कतारमा रहेका स्याङ्गजावासीहरुले स्थापना गरेको सस्थाले पन्चेबाजा सहित बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम गरि यहि १५ मार्च २०१९ शुक्रबार अम्बाज गार्डेन क्याटरिन मिसाइदमा १४ औं बार्षिक उत्सव भव्यताका साथ मनाएको हो ।
समाजका अध्यक्ष अजमत अलिको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नबिन पोख्रेलको प्रमुख आतिथ्यतामा संम्पन्न कार्यक्रममा समाजका सल्लाहकार, बुद्धिजीवी,व्यवसायी, पत्रकार र विभिन्न बैचारिक, सामाजिक, जिल्ला सस्था, सांस्कृतिक साहित्यिक, जातीय संघसंस्थाहरुबाट बिशेष अतिथि र अतिथिका रुपमा बाक्लो उपस्थिति रहेको थियो। पन्चेबाजाको धुन संगै ब्यानर अनावरण, दीप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गानबाट औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा स्याङ्गजा सहयोग समाज कतारको लोगो अंकित केक काटेर उपस्थित सबै लाई बार्षिक उत्सबको आबसर मा मुख मिठो बनाइएको थियो । समाजका महासचिव शिवराम ढकालद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य समाजका बरिष्ठ उपाध्यक्ष घनस्याम जैसीले राखेका थिए। करिब ५०० सय भन्दा बढीको उपस्थिति रहेको कार्यक्रमको मुख्य आकर्षक रहेको पन्चेबाजामा उपस्थितहरुले नाचेर भरपुर मनोरंजन लिएका थिए। कार्यक्रममा पन्चे बाजाको साथै नेपालबाट आमन्त्रित बरिष्ठ कलाकार हरि खत्री – (राष्ट्रिय कलाकार, लोक तथा दोहोरि गायक ) स्था -निय कलाकारहरु प्रेम गुरुङ , टौमाया गुरुङ, सुनिल परिवार, भिम गुरुङ, टेकनाथ रिमाल, सुमित्रा शाही, इमान सिंह ठकुरी, दिपेन्द्र सुनार, अनिल बि.सी, उमेश पुरी, बिन्दा लामा (गजलकार) लगाएतका कलाकारले गायन नृत्य हास्यब्यंग कबिता सुनाएर कार्यक्रम थप मनोरंजन प्रदान गरेका थिए।
प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सह-महामन्त्री केशब भुषाल, तराइ मधेस लोकतान्त्रिक मञ्चका अध्यक्ष हुसेन खान, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करीमबक्स मियाँ,नेपाली महिला समाज महासचिव अम्बिका खत्री, अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारको तर्फ बाट अध्यक्ष मोहमद मुक्तदा, गण्डकी प्रदेशको तर्फ बिकाश भुजेल , प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समीर खत्री, प्रदेश नम्बर ५ समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, स्याङ्गजा स. स सल्लहाकार तर्फ बाट माया के सी, जिल्ला संस्था हरु बाट पर्बत सेवा समाज का अध्यक्ष सबिन्द्र श्रेष्ठ, स्याङ्गजा स. स. का इकाई तथा बिभागहरुको प्रतिनिधित्व गर्दै -धन बहादुर बराल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
स्याङ्गजा सहयोग समाज कतारले स्थापनाकाल देखि अग्रणी जिल्ला संस्थाको रुपमा उदाहरणीय सामाजिक कार्यहरु गर्दै आएको र आजको कार्यक्रमको पन्चे बाजा नेपालमा समेत लोप हुँदै गएको आवस्थामा प्रदेशी भूमिमा समेत सम्रक्षण गरेको भनि प्रमुख अतिथि पोख्रेल लगायत बक्ताहरुले मन्तब्य दिनेक्रममा खुलेर प्रशंसा गरेका थिए lसस्थाले संस्थाका सल्लाहकारहरु लगाएत बिशेष सहयोगी हरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको थियो ।
स्याङ्गजा जिल्लाको सम्पूर्ण ठाउँ हरुलाई गीति बृत चित्रमा उतारिएको गीति एल्बम स्याङ्गजाकि नानी चुलबुले बानि (स्याङ्गजा दर्पण ) की सर्जक तथा गायिका टौमाया गुरुङ रु एक लाख रुपियाँ सम्मान स्वरूप सहयोग गरिएको थियो। सम्मानकै क्रममा नेपाल सरकारका पूर्व उपसचिव तथा जेष्ट नागरिक बाबुराम महर्जन लाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाइ समापन गर्नेक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमका सभापति एवं अध्यक्ष अजमत अलिले संस्थाको बार्षिक कार्ययोजना अनुसार छिट्टै बृहत कार्यक्रमहरु गर्ने र छिट्टै नै रक्तदान कार्यक्रम समेत गर्ने जानकारी दिएका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend