साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
बाँके सेवा समाज दोहा कतारले होली पर्वको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी मार्च २२ तारिखमा वक्राको समुन्द्री किनारमा होलि पर्व मनाउने तयारी गरिरहेको बाँके सेवा समाज कतारले जनाएको छ ।

होली पर्वको अवसरमा बनभोज कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा रोजगारीका सिलसिलामा कतारलाई कर्म थलो बनाएर बसेका सम्पुर्ण बाँके वासी नेपालीहरुलाई उपस्थित हुन आयोजकले आग्रह समेत गरेको छ ।
कतारमा रहेका नेपाली नागरीकहरु मध्ये पुरुषले ४० रियाल र महिलाहरुले २५ रियाल शुल्क बुझाएर कार्यक्रममा सहभागी हुन पाउने बताईएको छ । आयोजकले कार्यक्रम स्थलमा जान र आउनका लागि यातायातको समेत ब्यवस्था गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend