logo
  • सोमबार, असोज १२ २०८३

बुढिगण्डकी जलविद्युत आयोजना प्रति जनतामा निरास बढ्दै

ढिला सुस्तिको कारण भोली आरुघाट वन्द


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, चैत ३ ।
बुढिगण्डकी जलविध्धुत आयोजनाको ढिला सुस्तिको विषय लिएर गोरखमा र धादिङका डुवान प्रभाबित पिडित जनता आक्रोसित बनेका छन् । कतिपय ठाउँको जग्गाको मुअब्जा तोकेर वितरण सुरु गरिए पनि वितरण कार्य प्रभावकारी नहुनु त कतै मुअब्जानै घोषणा हुन नसकेका कारण जनतामा व्यापक असन्तुष्टि बढ्दै गएको छ ।

सरकारले २०७२ साल देखी जग्गा अतिक्रमण गरेर आज सम्म आरुघाट लगाएत खहरे बजारको मुआब्जा घोषणा गर्न सकेको छैन । धादिङ्ग तर्फ सलाङ्ग,खरी चैनपुरको मुआब्जा विवरण गरिए पनि सिट छुट र बाउंड्रीमा परेको कित्ताको अझै जनताले मुआब्जा पाउन सकेको छैन ।

पछिल्लो चरणमा घर गोठको साथै रुख वोटबिरुवाको लगत संकलन प्रति स्थानीय जनता झनै रुष्ट बन्न पुगेका छन् । आधिकारिक रुपमा मुअब्जा धोषणा नगरिकन घर गोठ लगाएतका भौतिक संरचना नाप्न सुरु गर्नु र कुनै पनि मुल्य निर्धारण नगरी जनतालाई झुक्याउने खेल हुन सक्ने भिमसेन ७ का भरत श्रेष्ठले वताए ।

सामाजिक संञ्जाल मार्फ़त त्यहाको स्थानिय सरोकार वाला र विभिन्न वाडका वडा अध्यक्षले लापारभाई प्रति ध्यानाकर्षण गराएका छन् । आधिकारिक मुअब्जा नतोकि नापजाँच गर्न दिनुहुन्न भन्ने उहाहरुको आफ्नो धारणा रहेको छ ।

त्यसै विच आरुघाट गाउँपालीकाको आरुघाट बजार क्षेत्रको मुअब्जा नतोकि भौतिक संरचनाको नाप गर्न टोली पठाएको भन्दै आरुघाटबासी रुष्ट आन्दोलीत भएकाछन् ।

तत्काल मुअब्जा घोषणा गरेर मात्रै बाँकी प्रकृया अगाडि बढाउनु पर्नेमा संधै छालछाम मात्रै गरेको देखिन थालेको आरुघाटका स्थानीय समाजसेवी कृष्णबहादुर नेपालीले बताए ।

आयोजनाले पेलेर जाने रणनीति लिदै गरेको आरोप लगाउदै आरुघाट बासीले चैत्र ४ गते आरुघाट बन्द सम्मको कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend