logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा भिरबाट लडेर एक वृद्धाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी चैत ३ ।
गुल्मीमा भिरबाट लडेर बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

घर्ति आइतवार दिउँसो सोहि स्थानकै स्यालि भन्ने खरबारिमा दाउरा काटेर घरमा फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घर्तिको शबलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइदै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend