logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा आगलागीबाट एक घर पुर्ण रुपमा जलेर नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी चैत ३ ।
गुल्मीमा आइतबार बिहान आगलागी हुदा घर जलेर नष्ट भएको छ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं १ मा रहेको सुन्तली परियारको कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाका अनुसार आईतबार बिहान भैसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रीत भएर घर जलेको जानकारी दिनुभयो ।

खडकाका अनुसार घर जलेर पुर्ण रुपमा नष्ट भएको बताए । आगलागी बाट करिब ४ लाख ५० हजार रुपैयाँ जति क्षती भएको बताउनुभयो । आगलागीमा कुनै मानबीय क्षती भने नभएको जिल्ला प्रह्री कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend