logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी महोत्सवमा विद्यालयस्तरिय तथा खुल्ला नृत्य प्रतियोगिता हुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत २ ।
आगामी चैत २० गतेदेखि सुरु हुने ‘प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव’ मा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरिय र खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने आयाजक सँस्था गुल्मी चेम्बर अफ कमर्सले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार एक सय ११, द्धितिय हुनेलाई ३१ हजार एक सय ११, तृतिय हुनेलाई २१ हजार एक सय ११ तथा सान्तवना हुनेलाई ११ हजार एक सय ११ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा यहि चैत २० देखि ३० गतेसम्म ‘प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव’ हुन लागेको हो । महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ मुख्य नारा बनाइएको प्रचार–प्रसार संयोजक जनार्दन घिमिरेले जानकारी दिए ।

गुल्मीको धार्मिक, साँस्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए । महोत्सवमा कुल २३० स्टलहरु रहनेछन् ।

जसमध्ये स्थानीयका सय भन्दा बढी तथा बुटवल, पोखरा लगायतका स्थानबाट पनि स्टल बुकिङ्ग भएको स्टल संयोजक प्रकाश बुढाथोकीले जानकारी दिए । जिल्लामा उत्पादन हुने खुदो लगायतका कृषिजन्य सामाग्री, विभिन्न हस्तकलाका सामाग्री लगायतका वस्तुहरु स्टलमा प्रदर्शनको क्रममा राखिने बुढाथोकीले जानकारी दिए ।

महोत्सवमा ६० भन्दा बढी कलाकार आउने भएका छन् । मेलिना राई, निशान भट्राई, पुष्कल शर्मा, तुलसिंह रनपछाई, महेन्द्र भण्डारी, बैकुण्ठ महत, टिकाराम पोखरेल ‘साहित्य’ लगायतका कलाकारहरुले प्रस्तुति गर्ने जनाइएको छ ।

महोत्सवमा होटल व्यवसायी मञ्च गुल्मी, रेसुङ्गा म्यूजिक प्रा.लि. र लोक तथा दोहोरी गीत प्रतिष्ठानले सह–आयोजकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यस्तै आधा दर्जभन्दा बढी सँस्थाहरु सहयोगिको रुपमा रहेका छन् ।

रेसुङ्गा युवा क्लव, फोर्टिन स्टार युवा क्लव, रुरु फ्रेन्डस क्लव, गुल्मी युनाईटेड युवा क्लव सहयोगिको भूमिकामा छन् । त्यस्तै अनटेस्ट युवा क्लव, पुल्चोक स्र्पोट्स क्लव, महेन्द्र मावि पूर्व विद्यार्थी मञ्च तथा अर्जुन युवा क्लवले पनि सहयोगीको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend