logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा महिला स्वास्थ्य स्वयमंसेविकाहरुको लागि पोषण तालिम सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत २ ।
गुल्मीमा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी महिला स्वास्थ्य स्वयंम सेविकास्तरिय तालिम सुरु भएको छ । एकिकृत ग्रामिण विकास समाज गुल्मीद्धारा संचालित सु–आहारा दोस्रो चरणअन्तगत तालिम सुरु भएको हो । रेसुङ्गा नगरपालिका १० सिमिचौर, इस्मा गाउँपालिका ३ दर्लामचौर र रुरु गाउँपालिका २ ग्वादीमा शुक्रबारबाट तालिम सुरु गरिएको छ ।

तालिम दुई दिनसम्म संचालन हुनेछ । सिमिचौरमा रेसुंगा नगरपालिकाका उपमेयर सिता भण्डारी तथा दर्लामचौरमा इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले तालिमको उद्घाटन गरे । मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम संचालन गरिएको हो ।

तालिममा पोषणको महत्व र बालबालिका पूर्ण पोषित बनाउन आवश्यक व्यवहारहरु, मातृ, शिशु तथा बाल्यकालीन पोषणका लागि सिफारिस गरिएका मुख्य व्यवहारहरु, न्यून पोषणको चक्र तोड्नको लागि गर्नुपर्ने कार्यहरु, किशोरी पोषण तथा मातृ पोषणसम्बन्धी कुराहरुको जानकारी गराइनेछ ।

त्यस्तै स्तनपानको महत्व, स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरु, पुरक वा थप खाना, अत्यावश्यक खानेपानी र सरसफाई, बिरामी बालबालिकाको खाना र हेरचाह, पोषण स्थिति लेखाजोखा, परामर्श तथा सहयोगका बारेमा पनि जानकारी गराइने एकिकृत ग्रामिण विकास समाज गुल्मीकी तथ्यांक तथा अभिलेख अधिकृत शुशिला नेपालीले जानकारी दिइन् ।

तालिम जिल्लाभरका सम्पूर्ण महिला स्वास्थ्य स्वयंम् सेविका तथा स्वास्थ्य कर्मचारीहरुलाई दिइनेछ । गुल्मीमा हाल कुल ९९७ जना महिला स्वास्थ्य स्वयंम् सेविकाहरु छन् । उनीहरुलाई प्रत्येक वडामा रहेका स्वास्थ्य चौकि तथा प्राथमिक स्वास्थ्य केन्द्रमा तालिम दिइने नेपालीले जानकारी दिइन् ।

स्थानीय स्वास्थ्य सँस्था प्रमुखहरु तालिमका प्रशिक्षक रहेका छन् । तालिमको सहजिकरण स्वास्थ्य चौकिका इन्चार्ज तथा सुआहारा कार्यक्रमका सुपरभाईजरहरुले गरेका सँस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend