logo
  • शुक्रबार, असोज ९ २०८३

गायक रवि कार्कीको “सयौ जुनी जुनी” बजारमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
पछिल्लो हप्ता मात्र जाम सुस्तै गीतबाट चर्चामा आएका म्याग्देली कलाकार रबि कार्कीको स्वरमा सजिएको “सयौ जुनी जुनी” बोलको पन्चेबाजा गित बजारमा आएको छ । उक्त गित गायक कार्कीको युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो ।

अंकत परियारको प्रस्तुति रहेको यो गीतमा नेपालि समाजमा बिहेको लागि केटिलाइ अबिभाबकको रोजाईकै केटासंग बिहे गराउने प्रचलन र कथा देखाइने गरेको छ तर यो गीतको भिडियोको कथामा छोरोलाई अबिभाबकको दबाबले बिहे गरेको देखाइएको छ ।

जुन झट्ट हेर्दा असहज लागे पनि निर्देशकले कथामा नौलो पन ल्याएको बुझिन्छ । आफनो मायालाई सफल बनाउन नसके पछी केटिले मृत्यूलाइ अंगालेको सम्मको कथा भिडियोले बोलेको छ । परियारको शब्द तथा कार्कीको सङ्गीत रहेको गीतमा बिमल अधिकारी, सारिका केसी र शोभा केसीले अभिनय गरेका छन ।

महेश महराको छायांकन तारानाथ आचार्यको एरेन्ज रहेको भिडियोको दृश्य निर्माण मन्जुश्री फिल्मस् प्रालिले गरेको छ भने भिडियो निर्देशन कुमार केसीले गरेका छन् । हास्य कलाकारको रुपमा स्थापित कार्कीको स्वर रहेको यो चौथो एल्बम हो ।


हेरौ गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend