logo
  • सोमबार, असोज १२ २०८३

सञ्चारकर्मीलाई सुशासन र विकास सम्बन्धी तालिम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी फागुन २८।
गुल्मीमा सञ्चारकर्मीहरुकका लागि शुसासन र बिकास सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ। राष्ट्रिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा सञ्चारकर्मीहरुको लागि गुल्मी सदरमुकाम तम्घासमा शुसासन र विकास सम्बन्धी तालिम सम्पनन्न भएको हो ।
तालिममा गुल्मी, पाल्पा,अर्घाखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाका बिभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सोमबार रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका थिए। दुई दिनसम्म चलेको तालिममा प्राध्यापक रामकृष्ण रेग्मी, सञ्चार बिज्ञ श्रीरामसिंह बस्नेत, बरिष्ठ पत्रकार बिष्णुप्रसाद शर्मा पराजुली लगायतले तालिको सहजीकरण गरेका थिए् ।
तालिम शुसासन र विकास बारेमा केन्द्रित रही दिएको तालिम उपलव्धी मुलक रहेको तालिममा सहभागी कपिलवस्तुका पत्रकार गिता पौडेलले बताइन् । तालिमबाट धेरै कुरा सिकेको र कार्यान्वयनमा लैजाने रुपन्देहीका शंकर पाण्डेले बताए तालिममको समापन सत्र पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष अनिल खत्रीको अध्यक्षता र महासंघ गुल्मीको कार्यलय सचिव सुनिता कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend