logo
  • सोमबार, असोज १२ २०८३

मालिकामा सार्बजनिक सुनुवाई क्याम्पस र अस्पताल चाहियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी फागुन २७।
गुल्मीको एक सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहरीले प्राबिधिक क्याम्पस र अस्पताल माग गरेका छन्। जिल्लाको मालिका गाउँपालिका गुल्मीले अर्धवार्षिकी समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाई गाउँपालिकाको वडा नम्बर ४ को ह्वाङदीमा राखेको थियो ।
गाउँपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा सेवाग्रहीले पालिका स्तरिय प्राबिधिक शिक्षा सहितको क्याम्पस र अस्पताल निर्मााणमा ध्यानदिनुपर्ने माग राखेका थिए । सार्बजनिक सुनुवाइमा सेवग्रहीले पालिकाले साना तिन बजेट बितरणले काम भन्दा पनि दुरुपयोग बढेको, जनप्रतिनिधीले सेवग्रहीलाई राजनितिक व्यावहार गरेको गुनासाहरु राखेका थिए ।
बिभिन्न वडाहरुबाट कार्यक्रममा पुगेका सेवाग्रहीले गाउँपालिकाले धेरै जसो रकम डोजर लगाउने काममा छुट्टाएको, केहि उपभोक्ता समितिले काम नगरि बजेट दिइएको बिषयहरु उठाएका थिए। सेवाग्रहीले पालिका भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि एकदमै साना बाटोहरु भएकाले त्यसतर्फ ध्यान दिन सुल्झाएका थिए। महिलाहरुको आयआर्जनका कार्यक्रममाहरुमा आगामी बजेटमा ध्यान दिनुपर्ने, जेष्ट नागरिक परिचय पत्र पालिकाबाट पाउनु पर्ने जस्ता विषयहरुमा गुनासो रोखका थिए ।
धेरै जसो सहभागिले बजेट बितरण र उपभोक्त्ता समिति गठनमा पक्ष बिपक्ष भइ व्यावहार नर्गन जनप्रतिनिधीलाई आग्रह गरेका थिए । गाउँपालिकाले वडा स्तरमा पनि सार्बजनिक सुनुवाई एबं प्रगती समिक्षा कार्यक्रम राख्नु पर्नेमा जोड दिएका थिए । प्रगती समिक्षा एबं सार्बजनिक गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष देवा अर्याल रिजाल, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेल र गाउँपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए ।
सेवाग्रहीले उठाएका धेरै सुझावहरु एबं गुनासाहरुले आगामी दिनहरु गाउँपालिकाले गर्ने कार्यक्रमहरुमा धेरै सहयोग मिलेको बताएका थिए । गाउँपालिकाले राखेका यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि राखिने भएकाले त्यस्ता कार्यक्रममा सबैले सुझाव एबं गुनासाहरु भए खुलस्त रुपमा राख्न गाउँपालिका अध्यक्ष थापाले आग्रह गरेका थिए । उनले सेवग्रहीले उठाएका केहि महत्वपूर्ण बिषयहरुमा गाउँपालिका गम्भीर भएर लाग्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले बिभिन्न शिर्षकका बजेटमा अर्धवार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए ।

उनले मालिका गाउँपालिकाले भौभोलिक सुचना प्रणाली (जी. आई. एस.) को सुरुवात गरेको बताएका थिए । समग्र गाउँपालिकाको विकास गर्ने उदेश्यकले तयार पार्न लागिएको २० बर्षे ‘मास्टर प्लान’ को निर्माणका लागि यो प्रणाली संचालनमा ल्याएको गाउँपालिका प्रवक्त शोभाखर गिरीले बताए । जि.आई.एस्. प्रणालीमार्फत प्रत्येक व्यक्तिको व्यक्तिगत प्रोफाइल जस्तै व्यक्तिको आम्दानी, परिवार संङ्ख्या, घरदेखी वडा र गाउँपालिका कार्यलय जाने दुरी लगायतका कुराहरु जानकारी हुने कार्यक्रममा राखेका थिए ।

घरमा उत्पादन हुने अन्न, पालेका गाईवस्तु लगायतका पक्षहरु पनि प्रणालीमा नै अपडेट गराउने प्रमुख प्रशासकिय अधिकृत लेकनाथ पोख्रेलले बताए । गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका पक्षहरु पनि प्रणालीमा समेटीने पोख्रेलको भनाई छ। सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्रीले सहजी करण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend