साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
नेपाल मगर संघ शाखा कतारले भ्रमण क्रममा रहेका बिभिन्न देशमा रही मगर समुदायको नेतृत्व व्याक्तित्व संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मूल नारा सहित बिस्वाका बिभिन्न देशमा रहेका नेपाल मगर संघ शाखा प्रमुख तथा प्रतिनिधिहरु संग एक औपचारिक कार्यक्रमको आयोजना गरि संघले भेटघाट गरेको हो।
नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको अध्यक्षतामा भ्रमणको क्रममा रहनु भएका एन आर एन यु के अध्यक्ष योग कुमार फगामी मगर, बिस्व मगर महसंघ बेल्जियम अध्यक्ष लोक बहादुर राना मगर, नेदरल्याण्ड मगर समाज सल्लाहकार मिम पुर्जा मगर, जंग बहादुर पुन मगर नेदरल्याण्ड, मोना अन्तराष्ट्रिय समिति अध्यक्ष चक्र बहादुर थापा उपस्थित रहनु भएको थियो।
उक्त भेटघाट तथा परिचात्मक कार्यक्रममा उल्लखनिय उपस्थित रहेकोमा खुसि व्यक्त गर्दै , संस्था गत गरि अगाडी बढ्नुका साथै भाषा र संस्कारलाई जोगाई राख्नु पर्नेमा जोड दिनु पर्ने बताए ।
हाम्रा पुर्खाहरुले अग्रेजको शासकहरुबाट बचाई राखेका हाम्रो देशलाई हामीले पनि बचाई राख्नु पर्ने हाम्रो कर्तब्य रहेको बताउदै नाम भन्दा पनि काम संग आत्मासाथ् गरि अगाडी बढ्दै जहा हामी रहन्छौ त्यहा भाषा संस्कारलाई सम्मान गर्दै आफ्नो सस्थालाई जोगाई राख्नु पर्ने बताए।
भिम सेन थापाको कालमा नेपाल साम्राज्यको निकै बिस्तार रहेको नेपालले सुगौली सन्धि गरेर युद्धमा पराजय कै कारण नेपालमा ब्रिटिश रेसिडेन्सी स्थायित्व काय रहेको र बहादुर विस्वामा प्रख्यात निष्ठबान इमान्दारी र लगनशील रहेकाले ३५ प्रतिशत ब्रिटिश आर्मीमा भर्ति गराउदै आएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend