साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन २६ ।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) बडिगाड संयन्त्रको आयोजनामा बडिगाड गाउँपालिका २, खर्वाङमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारी र पूर्व उपप्रधान तथा अर्थ मन्त्रि भरतमोहन अधिकारीको स्मृतिमा सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टिका प्रदेश कमिटि सदस्य प्रेम खरेल र सुनिल शेरचनले तत्कालीन एमालेका नेता समेत रहेका द्वय अधिकारीले देश र पार्टिको लागि खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो।

कार्यक्रमममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। कार्यक्रम नेकपाका वडिगाड संयन्त्र सदस्य तिर्थमणि भुसालको अध्यक्षता तथा संयन्त्र सदस्य विना थापाको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend