logo
  • सोमबार, असोज १२ २०८३

१०९ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ फागुन २४ ।
१०९ औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा महिला तथा वालवालिका शसक्तिकरण केन्द्र बडिगाड को आयोजनामा सामाजिक विकासमा महिलाको भूमिका विषयक वक्तृत्व कला प्रतियोगीता सम्पन्न भएको छ। प्रत्येक वडा वाट एक÷एक जना महिला सहभागि रहेको प्रतियोगीतामा वडा नं. २, खर्वाङ कि गिता पोखरेल प्रथम, वडा नं. ६ खाल कि रिता केसि द्धितिय तथा वडा नं. ३ शिसाखानीकी सरिता रोका भुजेल तृतिय हुनुभएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले घरभित्रको उत्पिडनबाट महिला वाहिर निस्कन सक्ने वातावरण नभएसम्म सामाजिक परिवर्तन हुन गाह्रो हुने वताउनु भएको छ। महिलाहरु घरेलु मदिराको सिकार भएको भन्दै पालिका प्रमुख पाइजाले गाउँपालिकाले नै कार्यक्रम गरेर मदिरा नियमन गर्न लागेको खुलासा गर्नुभयो।

पाइजाले धेरै घरेलु हिँसाको जड मदिरा भएको भन्दै त्यसको नियमनको लागी गाउँपालिका लाग्ने वताउनु भएको छ। महिलाहरु आर्थिक उपार्जनमा नजोडिएसम्म विभेद कायम रहन सक्ने भएकोले कुनै न कुनै उपायवाट महिलाहरु आर्थिक उपार्जनमा जोडिनुपर्ने वताउनु भएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर वहादुर श्रीस, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का जिल्ला सचिवालय सदस्य राजिव घिमिरे, बडिगाड गाउँपालिका वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्री, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, नेकपा का जिल्ला सदस्य जिवन कुँवर, नेपाली काग्रेसका जिल्ला सदस्य सरस्वती आचार्य, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा, भानु माविका प्रधानाध्यापक केशव खरेल, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय खार शाखाका संचालिका सुनन्दा दिदि, बडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, वडा नं. ७ का महिला संयोजक सुमित्रा घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सह सचिव सन्तोषि सापकोटा खरेलको स्वागत मन्तव्य तथा सचिव माया केसिको संचालनमा सम्पन्न भएको थियो।

“लैङ्गिक समानताको लागि समान सोंच र व्यावहार, समृद्धिको आधार”, भन्ने नारा सहित भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला शसक्तिकरणको लागि चेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्न सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend