logo
  • सोमबार, असोज १२ २०८३

त्रिभुवन नमुना मावि खर्वाङमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाइ गरे


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ फागुन २२ ।
त्रिभुवन नमुना माध्यमिक विद्यालय, बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई गरेका छन्।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० र कक्षा १० का विद्यार्थीहरुले कक्षा ९ का विद्यार्थीहरु तथा विद्यालयको लागि मायाको चिनो समेत हस्तान्तरण गरेका थिए। साधारण धार तर्फ नेपाली तथा अंग्रेजी माध्यमका तथा प्राविधिक धार तर्फ कृषि वालिविज्ञानका विद्यार्थीहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा वोल्दै प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयको प्रगतिमा विद्यार्थीको योगदान महत्वपूर्ण हुने भन्दै लगनशिलता र अनुशासनलाई सधैं आत्मसात गर्न निर्देशन दिनुभएको थियो। कक्षा १० का वोल्ने विद्यार्थीले कक्षा ९ का विद्यार्थी साथीहरुलाई विद्यालयलाई उँचो राख्ने गरी अनुरोध गर्दै दिएको विदाई मन्तव्यले सवैलाई भावुक वनाएको थियो।
त्यस्तै कक्षा ९ का वोल्ने विद्यार्थीहरुले कक्षा १० का विद्यार्थी साथीहरुलाई एस.इ.ई. परीक्षा सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा कक्षा १० वाट तुल्सी रेश्मी डिम्पल, सन्देश वस्नेत, अभय भुजेल कक्षा ९ वाट समिर पौडेल, अपेक्षा खरेल, किनार विक लगाएतले वोलेका थिए। कक्षा ९ का सचिना विक ज्ञानु शेरचनले विदाइ गित मार्फत कक्षा १० लाई शुभकामना दिएका थिए।
कार्यक्रम कक्षा ९ का सोनिया भुसालको अध्यक्षता, असोक रानाको स्वागत मन्तव्य तथा तेजस्वी भण्डारिको संचालनमा सम्पन्न भएको थियो। यहि चैत्र १० गते वाट एस.इ.ई परीक्षा संचालन हुँदैछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend