logo
  • सोमबार, असोज १२ २०८३

औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” हुने, आबेदन फारम खुल्ला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, काठमाडौँ।
बिगत लामो समय देखि नेपालको विभिन्न जिल्लाहरुमा औधोगिक ब्यापार मेला महोत्सब तथा सांगीतिक कार्यक्रम आयोजना गरि सयौ कलाकारहरुलाई स्टेज प्रदान आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि तथा सांगीतिक व्यक्तित्वहरुलाई सम्मान गर्नका लागि म्युजिकका विभिन्न विधा तर्फ “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” गर्ने भएको छ ।
\“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो जेठ महिना २०७६ भित्र काठमाडौँमा गरिने भएको छ । म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ । जसका लागि २०७५ बैसाख देखि २०७५ चैत अन्तिम सम्मका गित संगीत समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०७५ भित्र गित निकालेको हुनु पर्नेछ ।

सन्दिप महतको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुष/महिला, राष्ट्रिय गीत, पप/आधुनिक/प्ले ब्याक सिंगर गायक र गायिका, भाषा भाषिका गित म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

औधोगिक शान्ति नेपाल सस्था सास्कृतिक कार्यक्रम, ब्यापार मेला महोत्सबको लागि एक चिरपरिचित सस्था हो । देश भरका विभिन्न जिल्लामा गएर हजारौ बेरोजगार नागरिक, साना ठुला ब्यापारी, कलाकार देखि स्थानिय बासिन्दा सम्मलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै राष्ट्रिय तथा स्थानिय उत्पादनहरु लाइ प्रोत्साहन गर्दै उचित बजार ब्यबस्थापन गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था एक युवाहरुको सस्थागत समूह हो । यस सस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द तथा सचिबालय ब्यबस्थापक बिनोद जैसवाल रहेका छन ।

स्थानिय धार्मिक, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रबर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाइ समेत बृदी गर्दै सस्थामा आबद्द युवाहरु गायक, गायिका, हास्य कलाकार, तथा अन्यकलाकारका समेत प्रिय बनेका छन l सास्कृतिक मेला महोत्सवले गर्दा कलाकारहरुले समेत रोजगारी पाउदै आएका छन् ।विभिन्न महोत्सब तथा सास्कृतिक कार्यक्रम गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाले सांगीतिक क्षेत्रको बृहत्तर हितको लागि तथा सांगीतिक क्षेत्रमा समर्पित भएका व्यक्तित्वहरुको लागि सम्मान तथा अबसरको लागि “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” गर्न लागेको हो ।

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । यसका साथै समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाइ सम्मान समेत प्रदान गरिने भएको छ । औधोगिक शान्ति नेपाल सस्थामा आबद्द रहेर ब्यापार ब्यबसाय गर्दै आएका पाँच उत्कृष्ट व्यापारीलाई समेत अवार्ड प्रदान गरिने कुरा सस्थाका उपाधक्ष्य राज कुमार खड्काले जानकारी गराएका छन् ।

“औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालय बागबजारमा सम्पर्क गरेर आबेदन फर्म भर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend