logo
  • सोमबार, असोज १२ २०८३

रेन्बो इन्टरनेशनल बोर्डिङ मावि, डल्लु, काठमाडौँले २५ औ स्थापना दिवस मनायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, काठमाडौँ ।
रेन्बो इन्टरनेशनल बोर्डिङ मावि, डल्लु, काठमाडौँले स्थापनाको २५ वर्ष पूरा गरेको उपलक्ष्यमा विभिन्न सांस्कृति र मनोरञ्जक प्रस्तुतिका साथ रजत महोत्सव मनााएको छ।
प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनालले रेन्बो रजत महोत्सव अंकित झण्डा आकासमा उडाउँदै शुभारम्भ गरेको कार्यक्रममा राष्ट्रियस्तरका लोक दोहोरी कलाकारहरुले लोक दोहोरी प्रस्तुत गरेका थिए। सुर्यमणी आचार्य, सुरेश ढकाल जस्ता राष्ट्रिय स्तरका लोक दोहोरी कलाकारको सहभागी रहेको उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको विभिन्न कला प्रस्तुति गरेका थिए।
सोही अवसरमा प्रमुख अतिथी खनालले रेन्बो रजत स्मारीकाको विमोचनसमेत गरेका थिए। नेपाल खुला विश्व विद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा तथा पूर्व मन्त्री नविन्द्रराज जोशीको विशेष आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अधक्ष्य डा. रामहरि ढकालको समाभपतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा. बालमुकुन्द रेग्मी, प्रा. नेत्र धिताल, प्रा. राजभाइ कर्मचार्य, मधुसुधन श्रेष्ठ, इश्वरमान डंगोल, कृष्ण सुवेदी, प्रा. रत्नलाल प्रधानलगायतको आतिथ्यता रहेको थियो।
प्रमुख अतिथी खनालले निजी क्षेत्रबाट संचालीत विद्यालयका विद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन र मुलुकको शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको र राज्यले पनि शिक्षा नितिमा समय सापेक्ष सुधार गर्दै गएको बतताए। पूर्व मन्त्री नविन्द्रराज जोशीले रेन्बो स्कुलले २५ वर्ष देखि शिक्षामा ठूलो योगदान दिएको चर्चा गर्दै अभिभावक र विद्यालयविचको समन्वय भएमा समग्र शिक्षाको गुणस्तर वृद्धि हुने बताए। त्यस्त नेपाल खुला विश्व विद्यालयका उपकुल पति प्रा.डा. शर्माले अब विद्यालय शिक्षा देखि नै आईसिटीलाई प्रयोगमा ल्याउन पहल गर्नु पर्ने बताए।
विद्यालयका पूर्व प्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनालले रेन्बोको २५ वर्षको सफलतामा अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यको परिणम भएको चर्चा गदै राज्यले शिक्षा नीतिमा परिमार्जन गरि युवा शक्ति विदेश पलायन हुनबाट रोकी देशमा नै रोजगारी र सेवामा समर्पित हुने अवश्था सिर्जना गर्नु पर्ने बताए। केदारप्रसाद सिम्खडाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका प्राचार्य विनोदबाबु ढकालले विद्यालयको प्रतिवेदन पेश गरेका थिए भने शैक्षिक एवम् अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो। त्यसै गरी २०७४ को एसईई जीपीए .४ ल्याउन सफल प्रथम छात्रा सिरपा महजर्नलाई सम्मानपत्र र नगद सहित पुरस्कुत गरिएको थियो ।

रेन्बो इन्टरनेशनलको छत्रछाँयाभित्र त्रिभुवन विश्वविद्यालयका एमईडी (अंग्रेजी र इपीएम), एमबिएस, बिए, बिईडी, बिबिएस, बिसीएका साथै प्लस टुतर्फ मानविकी व्यवस्थापन शिक्षा र विज्ञानका कार्यक्रमहरु सञ्चालित छन

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend