logo
  • शनिबार, भाद्र २० २०८३

टोकियोमा आदिवासी जनजाती माहासंघको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहीद लखन थापा स्मृति दिवस कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,टोकियो फागुन २० ।
नेपाल आदीवासी जनजाती महासंघ जापानको आयोजना र नेपाल मगर संघ जापानको सह-आयोजनामा शुभकामना आदान प्रदान तथा प्रथम सहीद लखन थापाको स्मृति दिवस सम्पन्न हुने भएको छ । आदिवासी जनजातिहरुको मौलिक पर्वहरूको शुभकामना आदानप्रदान तथा १४२ औ प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस यहि आउँदो मार्च महिनाको १० तारिख आइतबार टोकियो रोधी घरमा हुने वताइएको छ । प्रथम शहिद लखन थापाको १४२ औँ स्मृति दिवसको अवसरमा हुने उक्त कार्यक्रम आदीवासी जनजातीहरुको मौलिक चाडपर्वहरुलाई समेत समेट्दै शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

संधै व्यस्त रहने जापानको दैनिकी र भेटघाट गर्न कै लागि भएपनि आदिवासी जनजातिहरुको पर्व आउनै पर्ने त्यसमा पनि जापानमा क्रियाशील ११ जातीय संघसंथा आबद्द रहेको आदिवासी जनजाती महासंघको शुभकामना आदानप्रदान मार्फत सबैले एकै ठाउँमा भेटघाट हुने अवसर प्राप्त हुने हुँदा यसलाई महत्त्वका साथ लिएको छ ।

जापान भित्रका विभिन्न ठाउँमा रहेका आदीवासी जनजाती एवं गैर आदीवासी नेपालीहरु संगको भेटघाटको यो अवसरलाई मध्यनजर गरेर नै शुभकामना आदानप्रदान तथा १४२औ प्रथम सहिद लखन थापा स्मृति दिवस कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष सुमन लिम्वुले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend