logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमै पहिलो पटक भौभोलिक सुचना प्रणालीको सुरुवात


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन १९।
मालिका गाउँपालिकाले गुल्मीमै पहिलो पटक भौभोलिक सुचना प्रणाली (जी. आई. एस.) को सुरुवात गरेको छ । समग्र गाउँपालिकाको विकास गर्ने उदेश्यकले तयार पार्न लागिएको २० बर्षे ‘मास्टर प्लान’ को निर्माणका लागि यो प्रणाली संचालनमा ल्याएको गाउँपालिका प्रवक्त शोभाखर गिरीले जानकारी दिए ।

प्रणालीसम्बन्धी आइतबार जिल्ला सदरमुकाममा छलफल कार्यक्रम पनि सम्पन्न गरिएको छ । प्रणली संचालन गर्ने तरिका, विश्वसनियता, खर्च, अधिकार र यसको फाइदा लगायतका पक्षमा छलफल गरिएको छ । जि.आई.एस्. प्रणालीमार्फत प्रत्येक व्यक्तिको व्यक्तिगत प्रोफाइल जस्तै व्यक्तिको आम्दानी, परिवार संङ्ख्या, घरदेखी वडा र गाउँपालिका कार्यलय जाने दुरी लगायतका कुराहरु जानकारी हुनेछ । त्यस्तै घरमा उत्पादन हुने अन्न, पालेका गाईवस्तु लगायतका पक्षहरु पनि प्रणालीमा नै अपडेट गराउने प्रमुख प्रशासकिय अधिकृत लेकनाथ पोख्रेलले जानकारी दिए ।

गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय स्थल लगायतका पक्षहरु पनि प्रणालीमा समेटीने पोख्रेलले बताए । प्रणालीमा कुनै नयाँ कुराहरु गाउँपालिकाकै सुचना तथा प्रविधि अधिकृतले अपडेट गर्ने पनि उनले जानकारी दिए । छलफल कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकिय अधिकृत, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ५ नम्बर प्रदेशका सदस्य खड्ग केसीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend