logo
  • शनिबार, भाद्र २० २०८३

स्याङ्जा सहयोग समाजले १४ वार्षिकोत्सव मनाउने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

अर्जुन पौडेल, दोहा ।
स्याङ्जा सहयोग समाज कतारले १४ वार्षिकोत्सव मनाउने भएको छ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि समाजले विभिन्न सांस्कृतिक कार्यक्रम गरी १५ मार्च २०१९ अम्बाज गार्डेन क्याटरिन मिसाइदमा मनाउने लागिएको हो ।

स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावनाको नारा सहित स्थापना भएको समाजले बिगतका वर्षहरुमा पनि बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै बार्षिकोत्सव मनाउदै आएको छ । स्याङ्गजा जिल्लाका बिभिन्न स्थानबाट रोजगारीको सिलसिलामा कतार आएका स्याङ्गजालीहरु बीच २००५ मा स्थापिना गरेको सस्था हो ।

भर्खरै गत जनवरीमा निर्बाचित अजमत अलिको अध्यक्षताको नयाँ नेतृत्वले यसपालीको बार्षिकोत्सव भने नेपालकै उत्कृष्ट पन्चे बाजा स्याङ्गजाली पन्चे बाजाका साथमा रमाइलो बनभोज कार्यक्रमको आयोजना गरि मनाउन लागिएको बताए । कार्यक्रममा पन्चे बाजा साथमा नबप्रतिभा सांस्कृतिक परिवारका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । वार्षिकोत्सवको लागि विभिन्न उपसमितिहरु गठन गरि कार्यक्रमलाई सब्य र भब्य बनाउनका लागी पन्चेबाजाको सम्पूर्ण सामाग्री सहित वाद्यवादक समुह तम्तयार रहेको सस्थाका तृतीय उपाध्यक्ष तथा पन्चे बाजाका संयोजक प्रकाश परियार बताए ।

प्रवासमा रहेर जिल्लावासीलाई समेट्दै समाजले आपसी सद्भाव भाईचाराको भावनामा भेटघाट गर्दै स्थापना दिवस मनाउदै गर्दा कार्यक्रम स्थलमा जाने आउने यातायातको व्यवस्था रहेको सस्थाका अध्यक्षले बताए ।रमाइलो बनभोज कार्यक्रममा उपस्थिति भई नाच्दै गाउदै रमाउदै मनोरंजन लिन कतारका स्थापित गैर आवासिय संघ कतार, सम्पुर्ण जिल्ला संस्था, जातिय संस्था, बैचारिक संस्था संघसस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्दिजीवी, समाजसेवी, व्यवसायी तथा सम्पूर्ण शुभचिन्ताहरुमा समाजले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend