logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले सह-सचिव विसीलाई विदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले सहसचिव सुरज बिसीलाई स-सम्मान विदाई गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै समाजले विसीलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो । साथै सोहि कार्यक्रममा अर्घाखाँची सेवा समाज कतारले समेत विसीलाई सम्मान गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष झविन्द्र आचार्य सभापति तथा सहसचिव सुरज विसी प्रमुख अथिति रहेका थिए ।

त्यस्तै समाजका संरक्षक शिव खड्का, प्रमुख सल्लाकार बुद्ध पाण्डे, सल्लाहकार सुरेन्द्र खाती, महिला संयोजक मिना खड्का, अर्घाखाँची सेवा समाज कतारका महासचिव टेकराज थापा, सोहि समाजका सचिवालय सदस्य बोम बहादुर बस्नेत अतिथि रहेका थिए । साथै समाजका कार्यासमिति पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।

विगत लामो समयदेखि दोहामा कार्यरत रहेका विसी समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रममा क्रियाशील रही कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका रहने गरेको थियो । सस्थाको केन्द्रिय समितिमा सकृय रहेर काम गर्दै आएका विसी प्रवासको बसाइलाई बिट मार्दै सोमबार नेपाल फर्कदै छन् ।

उक्त सम्मान कार्यक्रममा मिना खड्का, सुरेन्द्र खाती, बुद्ध पाण्डे, शिव खड्का, बोम बस्नेत, दर्शन सुनार लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै विसीले आफु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने बताए । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई आफ्नो साथ र सहयोग रहने बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरे ।

कार्यक्रमलाई समापन गर्दै सभापति आचार्यले साधारण सदस्य हुदै केन्द्रिय समितिको सह सचिव पदमा रहेर समाजलाई अगाडी बढाउन सकृय भूमिका निर्वाह गरि समाजका हरेक कार्यक्रम सफल बनाउन खेलेको भूमिका प्रति विशेष धन्यवाद दिए ।

प्रवासको बसाइलाई बिट मार्दै स्वदेश फर्किदै गरेका विसीलाई मातृभूमिको यात्रा सफलताको शुभकामना दिए । गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा विभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ । कार्यक्रम समाजका सचिव कमल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend