logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा गुणस्तरीय शिक्षाका लागि शिक्षक, विधार्थी र अभिभावकको भुमिका” वक्तृत्वकला सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची फागुन १८ ।
जिल्लाको एकमात्र शैक्षीक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एक हप्ता अगाडी क्याम्पसमा अध्ययन पुरा गरी जिल्लाभित्रै बसोबास गरी विभिन्न पेशामा आवद्ध पूर्व विद्यार्थीहरुको समूहले गठन गरेको पूर्व विद्यार्थी समाजले आयोजना गरेको वक्तृत्वकलामा जिल्लाका १८ विद्यालयको सहभागिता रहेको थियो ।जसमा शितगंगा नगरपालिाक १० सिद्धारामा रहेको श्री जनजागृति मा.वि. की छात्रा सावित्रा भुसाल प्रथम, सन्धिखर्क नगरपालिका १२ डिभर्नामा रहेको ज्ञानप्रकाश मा.वि.का विकास बस्याल द्धितिय, भुमिकास्थान नगरपालिका ४ धारापानीमा रहेको शान्ती मा.वि.की सावित्रा घर्तिमगर तृतीय र मालारानी गाउँपालिका ३ खनदहमा रहेको आदर्श मा.वि.की अमृता खनाल सान्त्वना भए । विजयीलाई क्रमश ३ हजार, दुई हजार, एक हजार र सात सयँ सहित प्रमाणपत्र र पुस्तक दिईएको थियो ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले व्यावहारीक सँगसँगै प्रयोगात्मक शिक्षाको आवश्यकता रहेको बताए । पूर्व स्ववियु सभापति प्रेमनारायण गैरे, पाणिनी क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, प्रहरी निरिक्षक खिमबहादुर घम, पाणिनी स्ववियू सभापति लक्ष्मण खड्का, पत्रकार महासंघ प्रदेश सदस्य अशोक खनाल लगाएतले शुभकामना मन्तव्य राखे ।

सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्बासे, शिक्षाविद् विष्णुप्रसाद बस्याल र साहित्यकार जेबी दर्लामी निर्णायको भुमिकामा रहेका थिए । कार्यक्रम पूर्व विद्यार्थी समाज पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता, सचिव शिव बेल्वासेको सञ्चालन र उपाध्यक्ष शेषकान्त घिमिरे ओसनको स्वागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend