साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १८ ।
शितल क्लव बडिगाड गाउँपालिका २, को आयोजनामा महाशिवरात्री मेला राक्सेमा सुरु भएको छ। मेलाको उद्घाटन गर्दै बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलले खेलकुदले युवालाई अनुसासित हुन सिकाउने वताउनु भएको छ।
कला संस्कृतिको संरक्षण गर्नु सवैको कर्तव्य हुने भन्दै मेला पर्वले कला संस्कृतिको संरक्षणमा योगदान दिने वताउनुभएको छ। कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का कृष्ण प्रसाद खरेल, वडिगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थी लगाएतले मेला सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यसै विच मेलाकै अवसरमा आयोजना गरिएको अन्तर विद्यालय स्तरीय शिवरात्रि विषयक वक्तृत्वकला प्रतियोगीतामा भानुमावि ग्वालीचौर प्रथम, त्रिभुवन मावि भुवाचिदि द्धितिय, त्रिभुवन मावि खर्वाङ तृतिय तथा भगवति प्रावि जिमि सान्त्वना स्थानमा आएका छन्।
कार्यक्रम अवधिभर खुल्ला भलिवल प्रतियोगीता, रेकर्ड नृत्य प्रतियोगीता, घैंटोफोड प्रतियोगीता लगाएतका कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ। कार्यक्रमकै अवधिमा राष्ट्रिय कलाकारहरु राजु परियार, विष्णु श्रीपाली, पुरन घर्ति लगाएत हाँस्य टेली श्रृङ्खला गञ्जागोलको टिमको सहभागिता रहने सचिव दिपक घिमिरेले बताउनु भएको छ। उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष फारम थापाको अध्यक्षता, मेला संयोजक गोकुल गिरिको स्वागत मन्तव्य तथा सचिव दिपक घिमिरेको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रम २० गते सम्म चल्ने आयोजकले वताएको छ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend