logo
  • सोमबार, असोज १२ २०८३

गौमुखी क्षेत्र २ हप्तादेखि सञ्चार विहिन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान फागुन १७ ।
जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ । गौमुखी गाउँपालिका ३ रजवारामा रहेको बिटिएस टावरमा समस्याका कारण यी क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको हो ।

फागुन ४ गते चट्याङका कारण बिटिएस टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करिब २ हप्तादेखि सञ्चार सेवाबाट बञ्चित भएका छन् । चट्याङले अकल्पनीय क्षति पु¥याएकोले अँझै करिब २ हप्ता मर्मत सुधार गर्न लाग्ने दुरसंचार कार्यालय प्यूठानका प्रमुख कृष्ण श्रेष्ठले बताउनुभयो ।

घटना भएपश्चात नै दुरसंचार कार्यालय नेपालगन्जबाट प्राविधिक सहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलन गरीएको र विद्युतीय सामग्री मर्मत भइरहेको उहाँले बताउनुभयो । लगातार २ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयका साथै बैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग सञ्चार सेवा अबरुद्धले सम्पर्कबिहीन हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend