साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं ।
पछिल्लो समय नेपालीहरु माझ मात्र होइन विश्वभर नै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् ।
संगीतमा एमए गरेका गायक पाण्डेको एक पछि उत्कृष्ट गितहरु श्रोता माझ आइरहेका छन् । जसले श्रोताको मन पनि जितेको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् ।
राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे । पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् ।
सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र गु्रव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend