logo
  • शुक्रबार, असोज ९ २०८३

महानायक राजेश हमाल बने प्यूठान महोत्सबका आकर्षण ” हाई हाई ” ले गुन्जियो महोत्सब स्थल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

????????????????????????????????????

सागर रिजाल,प्युठान फागुन १५ । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनलाई महानायक शब्दले सम्मान गरिन्छ । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । सवैले राजेश हमाललाई माया गरेर बोलाउने उपमा हो’राजेश दाइ’ । हमाल करिब ३० वर्ष अघि देखि नेपाली चलचित्र क्षेत्रमा क्रीयाशील छन । राजेश हमाल पुग्दा प्युठानमा मंगलबार स्थानीयको भिड लाग्यो। स्वागतमा सबै आतुर देखिए। सिनेमाका सयौं काल्पनिक पात्रमार्फत विभिन्न वर्ग र श्रेणीका जनताको दुःख देखेका र त्यो जीवन बाँचेका उनी सधै फिल्ममा देखिन्थे,राजेश हमाललाई प्रत्यक्ष देख्न र भेटन् प्युठानीले पनि पाए । जुम्री बसपार्क व्यवस्थापन समितिद्धारा आयोजित प्युठान महोत्सवको १२ औँ दिनका मुख्य आकर्षण हमाल थिए । जब उनी स्टेज चढे, उनलाई हेर्न दर्शकहरु झुम्मीए ।छरिएका दर्शक पनि नजिकिन थाले । अनि पो रौनक लियो मेलाले पनि। उनी भन्दा पहिले हास्यकलाकार बेगम नेपाली (भटभटे माईला),गायीका रेशमा पुनले प्रस्तुती राखेका थिए । उनिहरुको प्रस्तुतीपछि राजेशको पालो आयो । उनले कलाकार बैकुण्ठ महत संगै अन्र्तवार्ताको शैलीमा आफ्नो प्रस्तुती राखे।

राजेशले आफ्नो प्रस्तुतीमा नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने बताए । जनताको चाहाँना अनुसार आफुले चलचित्र बनाएको उनको भनाई छ । उनले भने,–‘मैले खेलेका चलचित्र अन्याय र अत्याचार विरुद्ध छन् । आफुले अहिले सम्म करिब तीन सय वढी चलचित्रमा अभिनय गरेको उनले बताए । उनले दर्शक समक्ष आफुले चलचित्रमा बोलेको डाईलग समेत सुनाएका थिए । आफ्ना केही फिल्मी डाइलगहरु पनि सुनाए । उनले “चलचित्र हेर्नु हुन्छ कि हुन्न” भन्दै आफु अभिनित चलचित्रका डाइलगहरु वजनदार आवाजमा सुनाउँदा स्थानियहरुले ताली बजाउँदै हमाललाई साथमा साथ दिएका थिए । हमाल जब “साथीहरुका लागि यो हात सलाम,दुश्मनहरुका लागि यो हात फलाम” भन्दै गज्रदा स्थानियहरुले “हो हो” भन्दै तालीले साथ दिए । उमेरले ५० वर्ष पार गर्नुभएका हमालले आफ्नो जोश अझै ताजा भएको सुनाए । उनले भने,–‘चलचित्र क्षेत्रमा अझै २१ वर्षको जोश मैले देखाउँछु । ’घरपरिवारको समर्थन विना चलचित्र क्षेत्रमा लाग्नुभएका उहाँले परिवारको चुनौतीलाई तोडेको हमाल बताउछन । घरपरिवारबाट चलचित्र क्षेत्रमा नजाँ यसमा भविश्य छैन् भन्नुहुन्थ्यो तर आफु पहिलो चलचित्रबाटै सफलता पाएपछि चलचित्र क्षेत्रमा सकृय भएर लागेको बताए । उमेरले केहि गर्दैन,उमेरमा रमाउनुपर्छ,खुसी हुनुपर्छ उनी भन्छन । दर्शकबाट उर्जा पाएपछि उनले फिल्मी क्षेत्रमा चर्चा बटुलेको सुनाए।

आफु अझै चलचित्र क्षेत्रमा सुधार गर्दै अगाडी वढने उनले बताए । राजेश तिर्खा लाग्यो निर्माया,सालको पातको टपरी हुनी हे बरै नहुने सल्लैको यी दुई गीतमा नृत्य गर्न समेत भ्याए । जन्म घर पाल्पा भएपनि लामो समयसम्म राजधानी काठमान्डौमा जीवन बिताएका उनले फिल्मी क्षेत्रमा अझै सकृय भएर लागेको दावी गरे । उनि मेला महोत्सव संगै एपी वन टेलीभिजनमा हरेक हप्ताको शनिवार, आईतबार र सोमबार टिभी कार्यक्रम समेत सञ्चालन गरेको समेत जनाए ।राजेश हमालको उपस्थितीले पनि होला,करिब १० हजार भन्दा वढी दर्शकले मेला हेरे । राजेश संग नाच्न र फोटा खिच्नै व्यक्त भए दर्शकहरु ।

फागुन ३ गतेदेखि सञ्चालन भएको प्युठान महोत्सव फागुन १५ गते समापन गरिने आयोजक समितीका संयोजक सुमन श्रेष्ठले बताए । फागुन १५ गते गायिका राधिका हमाल, सिलु भट्टराई र गायक विधान पण्डीत लगाएतका कलाकारको उपस्थित रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend