साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन १४ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले नेपाल जस्तो स्वर्ग भूमिमा पर्यटन को विकास मार्फत समृद्धि हासिल गर्न ठूलो योगदान पुग्ने वताउनु भएको छ । बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारमा निर्माण भएको माइस्थान मन्दिरको उद्घाटन गर्दै भुसालले आकाशे पुलमा आउने आन्तरीक तथा वाह्य पर्यटकलाई मन्दिरसम्म जोड्नुपर्ने वताउनु भएको हो ।

उपप्रमुख भुसालले बडिगाड र दरमको संगम स्थल खर्वाङ, आकाशे पुल हुँदै माइस्थान मन्दिर, थानपति, जलजलाको वौद्ध गुम्वा, शिसाखानीको शिवधुरी हुँदै दगाको खड्ककोट जोड्ने तथा गुल्मीको मुसिकोट नगरपालिकामा रहेको छत्रकोट संग धार्मिक सर्किटको रुपमा विकास गर्नुपर्ने वताउनु भएको छ।

बडिगाड गाउँपालिकाको ४ लाख आर्थिक सहयोग तथा स्थानियको ७० हजार जनश्रमदानबाट सो मन्दिरको निर्माण गरिएको हो। मन्दिरमा राख्ने देविको मूर्ति स्थानिय राम वहादुर पुनले, जगुर वुटवल वस्ने मन वहादुर पुनले, बाघका मूर्ति भिमकला पुनले ताम्रपत्र लेखन शेर वहादुर थापाले र रङरोगनको पोखरामा रहनुहुने मनु गुरुङले सौजन्य गर्नुभएको मन्दिर व्यावस्थापन समितिका अध्यक्ष ढालेन्द्र शेरचनले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक वडा अध्यक्ष हिमा खरेल, पूर्व वडा अध्यक्ष वेल वहादुर सलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कोषाध्यक्ष भुमा थापाले ५ लाख वढिको आम्दानी खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम मन्दिर व्यावस्थापन समितिका सदस्य मन वहादुर थापाको अध्यक्षता, सदस्य लेखक पुनको स्वागत मन्तव्य तथा सदस्य मनु थापाको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend