साझा नेटवर्क
सानु घिमिरे, मेलवर्न ।
बिभिन्न एजुकेशन र कामदारसंग सम्बन्धित कन्सल्टेन्सीको नाममा अनेकन ठगीका समाचार आइरहेको बेला “International student? Free Airport Pickup! Don’t wait for a taxi and pay extra. Take advantage of our free pickup services.” देख्दा जो कोहीलाई पनि विस्वास गर्न मुस्किल पर्छ नै, तर मेलबर्नमा बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले मेलबर्नमा आफ्नो कोही पनि नभएकाहरुलाई लक्षित गर्दै यस्तो कार्यक्रम बिगत केही बर्षदेखि सन्चालन गर्दै आइरहेको छ।

हालसम्ममा यो सेवाबाट २०० भन्दा बढी लाभान्वित भैसकेका छन । यो सेवा लिनको लागि सजिलो होस् भन्नका निम्ति हालसालै फेसबुक पेज पनि शुरु गरिएको छ जुन Free Airport Pickup सर्च गर्दा उपलब्ध हुन सक्छ र त्यस्मा यो सेवाबाट लाभान्वित आकाश पुन, प्रसन्न कोइराला आदिले यो सेवा उपलब्ध गराउनेलाई धन्यवाद गर्दै आभार ब्यक्त गरेका प्रतिकृयाहरु देख्न सकिन्छ ।
BMW Educational Consultancy मेलबर्नका निर्देशक बिष्णु सापकोटा “हामी एजुकेशन कनसल्टेन्सी भएको नाताले हाम्रो दायित्व नेपालमा बिद्यार्थीहरुको भिसा लगाउनेमा मात्र सिमित हुनु हुँदैन ।
उनीहरु बिल्कुलै फरक बातावरण भएको यस्तो सम्पन्न देशमा आइसकेपछि पनि उनीहरुले सामना गर्नु पर्ने बिभिन्न किसिमका समस्याहरुको न्यूनिकरणका लागि उनीहरुको शुरुवातीका दिनदेखि नै उनीहरुलाई आबस्यकीय सबै किसिमका सकिने जतिका सेवा सुबिधा उपलब्ध गराउनु पनि हाम्रो दयित्व हो” भन्नुहुन्छ ।
यो त्यही संस्था हो जस्ले अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर नयाँँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्न शुरु गरेको छ र हालसम्म यो सुबिधाबाट ६५१ भन्दा बढी लाभान्वित भैसकेका छन ।
तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।
सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दु:ख भोग्न नपरोस भनी यस किसिमले नि:शुल्क सेवाहरुको ब्यबस्था गर्ने बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी र यस्को संपूर्ण टिम धन्यवाद र आभारका लागि योग्य छन र भाषण, देखाउन र नारामा नभएर यथार्थमा नै यसरी सेवा गर्नुको आनन्द गर्नेले मात्रै महसूस गर्न सक्ने भएकोले संपूर्ण टिम सदा सर्बदा आनन्दित भैराखुन् भन्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले हार्दिक शुभेच्छा प्रकट गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend