साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी फागुन १२ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत गुनासो संकलन कार्यक्रम सम्पन्न गरिएको छ ।
आज रेसुङ्गा नगरपालिका कार्यालय तम्घास गुल्मीको परिसरमा गुनासो डेस्क राखी सो कार्यालयले प्रदान गर्ने सेवासम्बन्धमा सेवाग्राहीको गुनासो सुन्ने कार्यक्रम सञ्चालन गरिएको हो ।
रेसुङ्गा नगरपालिका कार्यालय गुल्मीबाट प्रदान गर्ने सेवामा नक्सा पासको लागि पटक पटक कार्यालयमा धाउनु परेको, कार्यालय समयमा नै विभिन्न तालिम तथा कार्यक्रमको लागि भन्दै फाँटका सम्पूर्ण कर्मचारीहरु जादाँ सेवाग्राहीहरु काम नभई फर्कनु परेको, पशुको लागि आवश्यक भ्याक्सिन पाउन नसकिएको, नागरिक सहायता कक्ष प्रभावकारी नभएको, लगाएतका गुनासोहरु आएका थिए । उक्त गुनासोहरुका बारेमा सम्वन्धित सेवाप्रदायकसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिने भनी संस्थाका अध्यक्ष श्यामकुमार पण्डेयले बताउनुभयो ।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, उपाध्यक्ष ढुण्डीराज पोख्रेल, सचिव विनोद पाण्डेय सदस्य अशोक पाण्डेय, रामप्रसाद खनाल कार्यक्रम सहायक अञ्जना अधिकारी समेतको उपस्थितमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend