logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा प्युठान सेवा समाजको आन्तरीक वनभोज सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
प्युठान सेवा समाज, कतारले “प्युठान सेवा समाजको एकता मिलिजुली र सहकार्यको आवश्यकता” भन्ने नारा सहित समाजले आन्तरिक बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

२२ फेबु्रअरी २०१९ का दिन अल दोसरी जु पार्कमा संस्थाका उपाध्यक्ष कार्यक्रम संयोजक चेतमान जैसीको अध्यक्षतामा कमल आर्चायको प्रमुख अतिथ्यतामा विशेष अतिथि बल देब राना, रबि किशन, केशर बहादुर केसी लगाएत रहनु भएको थियो ।

प्युठान जिल्ला धार्मिक गन्तव्यको स्थल रहेको स्वर्गद्वारीमा वार्षिक हजारौ तिर्थालु पर्यटक पुग्ने गर्छन। धार्मिक आस्था बोक्ने जोकोही पनि आफ्नो जिवनकालमा तिर्थस्थलहरुमा पुग्ने पुण्य आर्जन प्राप्त  गर्ने स्थल स्वाभाविक नै हो ।

विगतमा मानिसहरुको तिर्थटन पुण्य आर्जनमा मात्र सिमित थियो। तर अहिले समय बदलिएको छ। अहिले धार्मिक पर्यटनको ‘कन्सेष्ट’ आएको छ, अर्थात तिर्थाटनसँगै घुमघाम पनि धेरै बिकास पनि भइरहेको छ । पर्यटकीय विदुयुत उत्पादन तथा खनिज पदार्थको प्रचुर सम्भावना समेत रहेको जिल्ला राजनितिक र्शैक्षिक क्षेत्रमा समेत अग्ररता मानिने क्षेत्र पर्दछ ।

प्रवासमा रहेरता पनि बिभिन्न आपत बिपत्ति समयमा समाजले प्रवासमा मात्र नभएर जन्मभुमिमा भइपरि आएका खण्डमा आर्थिक सहयोग गर्दै आएको कार्यप्रति मन्तव्यको क्रममा रेशम रोका पुर्व कार्यसमिति सदस्य बोम बहादुर पुन लगाएतले खुलेर प्रशंसा गरे

कार्यक्रममा सालको पात टोपरी हुने अग्यात क्षेत्री, यस्तै छ प्रदेहशीको किन्न त पाहिन्छ हावा एसीको तर तृसना मेटिन्न गाँउ बेसीको दिपक सुनार , माँया चन्चले यो मनको चाहना बनाउ प्युठाननीको पैहिचान गितको बोलमा दर्शकश्रोताहरुलाई छमछमी नचाएका थिए। त्यस्तै समुन्द्र खड्का, सरस्वती कुँवर र अग्यात क्षेत्री विच प्रत्येक्ष लोकदोहोरी घम्सा घम्सी भएको थियो साथै अन्य कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । कार्यक्रममा २५० को हारहारी प्युठानबासीहरुको उपस्थिति रहेको थियो ।

स्वर्गद्वारीको मुख्य विशेष्तामध्येमा पर्छ स्वर्गद्वारी महाप्रभुले वि.सं. १९५१ म सुरु गरेको हवन कुण्ड अहिले सम्म यहाँ अवस्थित रहेको छ ,त्यस्तै आश्रम नजिक रहेको गुफा ,जहाँबाट स्वर्गद्वारी महाप्रभु मादी नदीमा गएर स्न्ना गरेर आउँथे भनिन्छ ।

त्यसैगरी समाजले सुचारु गरेको प्युठान निवासी नौ बहिनी गाँउपालिका वडा नं.३ निवासी मृगौला पिडित बशन्त केसी अभियानमा कतारी रियाल ८९४/– र केहि १४० नेपाली रुपौयाँ संकलन भएको सस्थाका अध्यक्ष तथा अभियान संयोजक बल देव रानाले जानकारी गराए । कार्यक्रममा उपस्थिति समपुर्णलाई विशेष धन्यबाद प्रकट गरे ।

समाजले विभिन्न समयमा समाजलाई सहयोग गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । अलदोसरीका प्रबन्धकले शुभकामना व्यक्त गर्दै उक्त क्षेत्र भित्र २००० हाराहारीमा उपस्थिति रहेका र विभिन्न सेलिब्रेट गरि उत्सव पिकनिक मनाइ रहेकोमा खुशी व्यक्त गरे ।

स्वागत मन्तव्य समाजका सदस्य अमृत सुनारले उपस्थितिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन धर्म सिंह विश्वकर्मा र सास्कृतिक संयोजक आर बि रसाईलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend