logo
  • सोमबार, असोज १२ २०८३

वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषिको माध्यमबाट स्वरोजगार गराउछौँ ; चक्रपाणी खनाल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हरि कुँवर

अर्घाखाँची फाल्गुन १० गते । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल “बलदेब” ले सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषिको माध्यमबाट पचास हजार युवाहरुलाई स्वरोजगार बनाउने बताएका छन ।

अर्घाखाँचीको सन्धिखर्क साथी होटलमा नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गदै मन्त्री खनालले कृषिबाट मात्र समृद्ध नेपाल हुने बताएका हुन । अहिले को सरकार कृषि,पर्यटन र उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेकाले प्रतिपक्षले सरकारको आलोचना गर्नु उसको आफ्नै धर्म भएको बताए ।

अर्घाखाँची जिल्लामा कृषि क्षेत्रको विकासको लागि १ करोड बजेट समेत पारेको उल्लेख गरे । समुहमा योजना सहित आएमा कागती खेती, कोफि, बोयर बोका, दुग्घ, सहकारी लाई सरकारले सहयोग गर्ने बताए । हाल दस हजार मेगावाट विद्युतको उत्पादन गर्ने योजना समेत रहेको बताएका छन ।

नेपालको आफ्नै पानी जहाज रेलमार्ग तत्कालै नभएपनि अबको दस वर्षमा यो सरकारले ल्याउने दावी समेत गरे । पत्रकारहरु को प्रश्नको जवाफ दिदै हुनले भने सरकारमा गएर काम नगर्ने म लगाएत केपी प्रचण्ड लाई पनि पदमा बस्ने अधिकार नभएको बताउदै जनताले आफ्नै हितको काम गर्न हामी लाई चुनेको बताए ।

कार्यक्रममा नेकपा नेता तथा पद्रेशसभा क्षेत्र न १ का सभासद चेतनारायण आचार्य नेकपा नेता तथा सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क तोजबहादुर रायमाझी छमकुमारी खनाल चिनारी जर्नादन खनाल प्रेमनारायण गैरे लगाएत को उपस्तिथि रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालको अध्यक्षता, कोषाध्यक्ष विनोद गैरेको स्वागत मन्तब्य र सचिब सुर्य प्रसाद भुसालको सञ्चालन तथा जिल्लाका एकतीस जना पत्रकारहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अनुसार मन्त्री खनाल अर्घाखाँचीको विभिन्न कार्यक्रममा डिभर्ना खन समेत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend