साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन १० ।
गुल्मी मुसिकोट नगरपालिका ७ वामी स्वास्थ्यचौकीमा एम्वुलेन्स सेवा शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले एम्बुलेन्स सेवा शुभारम्भ गरे । स्वास्थ्यचौकी व्यावस्थापन समिति अध्यक्ष प्रकाश काफ्लेलाई मन्त्री बिष्टले एम्बुलेन्सको चाँवी हस्तान्तरण गरे ।
गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुताबासले वामी स्वास्थ्यचौकी लाई एम्बुलेन्स प्रदान गरेको हो । सरकारी निकायबाट एम्बुलेन्स सेवा प्रदान गर्ने वामी स्वास्यचौकी पहिलो भएको वामी स्वास्थ्यचौकी व्यावस्थापन समिति अध्यक्ष तथा मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्लेले बताए । यो संगै मुसिकोट नगरपालिकामा छ वटा एम्बुलेन्स भएका छन् । वामी स्वास्थ्यचौकीमा एमविविएस डाक्टरबाट स्वास्थ्य परिक्षण र ल्याव सेवा संचालन गरिएको छ । त्यस्तै मन्त्री बिष्टले मुसिकोट नगरपालिका ६ कुर्घाको स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन् । स्वाथ्यचौकी भवन निर्माणका लागि २०७३ सालमा सुनिल समिर निर्माण सेवाले सम्झौता गरेको थियो । एक करोड ८५ लाखको लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको स्वास्थ्यचौकी प्रमुख पूर्णकला थापाले बताइन् ।
२०५३ सालमा स्थापना भएको स्वास्थ्यचौकी दुई बर्ष अघिसम्म दुई कोठे कच्ची घरबाट संचालन भइरहेको स्थानीय समाजसेवी ज्ञानु सापकोटाले बताए । मुसिकोट नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा विभिन्न रचनात्मक तथा सृजनात्मक काम गर्दै आएको छ । अहिलेसम्म नगरपालिकाले सवै स्वास्थ्य संस्थाहरुमा कम्प्युटर जडान, चार वटा बर्थिङ्ग स्थापना तथा सोलार वितरण, दुई वटा शहरी स्वास्थ्य केन्द्र स्थापना र संचालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबि जिसीले बताए ।
त्यस्ते स्वास्थ्य संस्थाहरुमा औजार वितरण, २३ जना महिला स्वयसेविकालाई बिदाई अनुदान वितरण, एउटा ल्याव स्थापना र सामग्री खरिद र दुई सय ३५ जना प्रसुती सेवा र सहयोग प्रदान गरिएको जिसीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend