logo
  • शनिबार, भाद्र २० २०८३

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा “टुडेज वुमन मिसेस नेपाल युके”ले कार्यक्रम गर्ने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क ।
नेपालिहरु बैदेशिक रोजगारी र ब्यापारको लागि बिभिन्न मुलुकहरुमा जाने गर्दछन त्यो मध्ये प्रमुख गन्तब्यमा बेलायत पनि एक हो । बेलायतमा नेपालीहरुको उल्लेख्य संख्या रहेको कुरा कसैबाट लुकेको छैन ।

बेलायत मा बसोबास गर्दै आएका नेपालिहरुद्वारा बिभिन्न अवसरहरुम बिभिन्न कार्यक्रम हरु गरिदैं आएको पाइन्छ । ति कार्यक्रमहरु भन्दा अलि बेग्लै किसिमको “टुडेज वुमन मिसेस नेपाल युके २०१८” ले कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।

महिलाहरुलाई घरदैलो र चुलोचौकामा मात्र सिमित नरहि आन्तरिक एवं बाह्रय आत्मबल बढाउन , घर , चुलो र बच्चामा मात्र सिमित नरहि देश र समाजको लागी उदाहरिणिय एवं अनुकरणीय योगदान पुर्याउन सक्छन ।

यस्को लागी आन्तरिक रुपले तयार गर्ने अनि प्रदेशमा पनि आफ्नो कला, भाषा, संस्कृतिको जगेर्ना एवं संवर्दन गर्ने मुल उदेश्यका साथ सुरु भएको’ लन्डन फेसन हाउस” को ब्यानरमा मनिसा डंगोल श्रेष्ठ (जो उक्त संस्थाको निर्देशक पनि हुन) मिसेस नेपाल युके २०१८ को दोश्रो संस्करण भब्यताका साथ सम्पन्न गरेपछि संस्थापक मनिसा डंगोल श्रेस्ठको अध्यक्षतामा मिसेस नेपाल युके २०१८ बिजेता बिनु लामिछाने र ब्युटी फर चेन्ज सुनिता श्रेस्ठको संयोजकत्व र अन्य सदस्यहरु द्वारा यसवर्ष अलि फरक शैलीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारिमा जुटेका छन ।

कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्न गराउनको लागी निरु कोइराला, बन्धना केसी, सबिता श्रेस्ठ थापा, सबु सेन्चुरि, सन्तोष कार्की, अन्सु बस्नेत, अमिका भन्डारी, स्वस्तिका लोहनि, मुना राउत, रिमा कंडेल र पुर्व इच्छुक टोलीको सकृय भुमिका रहने कुरा आयोजक समितिले जानकारी गराएको छ ।

आगामी मार्च २३ तारिखका दिन Harrow football club south harrow मा हुने उक्त कार्यक्रमको मुल उदेश्य बिभिन्न छेत्रमा कृयाशिल महिलाहरुलाइ एक ठाउंमा लिएर अन्तर्कृया एवं बिभिन्न बौद्दिक कार्यक्रम गर्दै बिभिन्न बिधा र स्तर एवं तरिकाले समाजमा योगदान दिंदै आएका महिलाहरुको हौसला बढाउनको लागि कदर एवं सम्मान गर्दै अरुलाइ पनि यस प्रकारका कार्यमा अग्रसर गर्ने रहेको आयोजकले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा सम्मान एवं कदर संग-संगै मिसेस नेपाल युकेको प्रस्तुति, केटवाक , अन्य प्रस्तुति, सांस्कृतिक कार्यक्रम संगै अरु धेरै कार्यक्रमले दर्शकहरुलाइ पुर्ण मनोरन्जन दिने तयारि आयोजक टिमको रहेको कुरा आयोजक समितिले साझा नेटवर्कलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend