साझा नेटवर्क
आशिक नेपाल, दोहा ।
नेपाली मुस्लिम समाज कतार र दोहा कतारमा रहेका मुस्लिम संघ संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । महासचिब अफसर खानले रक्तदान गर्दा मोटापन, क्यान्सर, हेमोक्रोमाटोसिस जस्तो बिरामी हुनबाट जोगिने सम्भावना बारे जानकारी दिएका थिए। साथै यस्ले हृदयघात हुनु बाट लिवर र प्यान्कृयाज बिग्रनबाट जोगाउछ ।
कार्यक्रमका प्रमूख अतिथी रहेका नियोग माननिय प्रो रमेश प्रसाद कोइरालाको उपस्थितिले रक्तदाताको मनोबल उच्च बनएको थियो भने यस्तो कल्याणकरी कार्यक्रम निरन्तर भैराख्नु पर्छ भन्दै प्रमुख आयोजक नेपाली मुस्लिम समाजले गरेको यस उधारणनिय कार्यको प्रसम्शा समेत गरेका थिए ।
हमद मेडिकल कार्पोरेसनमा आयोजना गरिएको यस कार्यक्रममा समुदायका युवाहरूको अधिक्तर मात्रामा उपस्थिती देखियो । संस्थाका अध्यक्ष मोहम्मद अयुब हक ज्युले रक्तदान कार्यक्रममा उपस्तिथी जनाउने रक्तदाताहरूलाई यस पवित्र कार्य सफल बनाएको र सम्पूर्ण उपस्थिती महानुभाव प्रती हार्दिक कृतग्यता साथ आभार प्रकट गरेका थिए ।
१०३ जनाले नाम लेखाएपनी चेक्अप पश्चात जम्मा ६६ जनाले रक्तदान गर्न सफल भएका थिए । कार्यक्रम बिहान ८ बजे देखी ११ बजे सम्म रहेको साथै हमद मेडिकल कार्पोरेसन संस्थालाई र सम्पूर्ण रक्तदाताहरुलाई सम्मान पत्र दिएको थियो ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend